मानव जातिले समयको चक्र संगै कृतिम एबं प्राकृतिक अति खर्तनाक पिडादायी घटनाहरुसंग ठूलो संघर्ष गर्न बाध्य हुन्छन । हुन त बिपतजन्य घटनाहरु बाढी पहिरो,झाडा पखाला,तातोहावा,डुवान,बिभिन्न यात्रु बाहकका घटना गाउँका बस्ति ,एउटै घरका स–परिवारको क्षतिका अति मर्माहत एबं पिडादायी घटना लगाएतका बिभिन्न प्रकारका आपत बिपतको क्रम चलि रहन्छ भैरहन्छ । यी घटनाहरु दोहोरी रहन्छन तर बिगतमा एउटा संसारै धुरु–धुरु रुवाउँने कालो इतिहासको छाप छोडेर कहिल्यै बिर्सु भन्दा पनि पटक पटक याद आइ रहने अति र्ददनाक खर्तनाक दैबिक बिपत्ति २०७६ शालको जाडो मौसमको समयको थियो । शुक्ष्म हल्लाहरु चल्दै थिए । कहिल्यै नसुनेको नयाँ हल्ला मानब समाजमा फैलिदै थियो तर घटना वास्तविक थियो । कुनै कसैलाइ भ्रममा नपरेर सर्तकता अपनाउँन विश्व स्वास्थ्य संगठन बिभिन्न देशका सरोकार वाला सबैको ध्यान केन्द्रीत हुने क्रम चल्दै थियो । यस्तो प्रकारको दैबिक बिपत्ति नेपालको उत्तरी सिमानामा फैलिरहेको संसारकै ठूलो एबं धेरै जन सख्या र दिर्घकालिन महान जनयुद्ध बाट निरङकुश तानाशाह च्याङकाइ सेकको शासन अन्त्य गरी जनवादी ब्यबस्था ल्याउँन सफल देश चीन को बिच शहर बुहान बाट एक्कासी अकल्पनीय रुपमा उत्पत्ति भएको अति घातक खर्तनाक भाइरसबाट भएको अज्ञात रोगको पुस्टि हुदै थियो तर मानिसले पत्ताउँन र बिस्वास र्गन सकेका थिएनन । संसारका वैज्ञानिक डक्टर सबै लागि परे यसरी आकस्मीक उत्पत्ति हुने नयाँ रोगको नाम के थियो ? यो कति खर्तनाक हो ? कसरी अर्कामा सर्छ ? भन्ने कुराको बस्तविकतम पत्ता लगाउँन पनि महिनौ लाग्यो । यसैको खोजीमा चिनीया सरकारले सबै पत्ता लागे पनि सार्बजनीक नगर्ने चेतावनी दियो तर त्यहि चीनीया एक महान वैज्ञानिक डक्टरले पत्ता लगाए यस्तो खर्तनाक माहा बिपत्ति जनता माँझ सार्बजनीक गर्नु पर्छ भन्ने मानवता प्रतिको सकारात्मक सोचका धनि महान ब्यक्तीत्वले राज्यको चेतावनीसंग रोकिएनन सार्बजनीक गरे । रोगको नाम पनि कोरोना भएको पुष्टि गरे । कोरोना रोगको औषधि समेत पत्ता लगाए । क्वारेनटाइनमा बस्न,े तातो झोलीनो बस्तु बढि सेबन गनर्,े मास्क लगाउँन,े शरिरलाइ जति सक्यो तातोमा राख्ने लगाएतका बिकल्प सहितका औषधि समेत सिकाए तर बिडम्बना कोरोनाको बढदो जल्दो बल्दो अबस्थामा उनलाइ पनि त्यहि रोगले समाप्त पारयो । उनको क्षति नै समाजको क्षति भएको सबैमा महसुस भयो ।त्यति बेलाको बिपत्तिका सन्धर्बमा कोरोना नामको रोगले संसारका साम्राज्यवादका दादा कहलिएका देखि अति दयनीय कमजोर देश कोहि कसैलाइ नछोडेर आक्रमण गर्दै विभिन्न देशहरुमा लकडावन गर्न समेत बाध्य बनाएको कालो इतिहास यद्यपि स्मरण भै रहन्छ । त्यति बेलाको प्राकृतिक एबं दैबिक घटना माथि पनि विश्वका धनाढय सामा्रज्यवादी विस्तारवादी पश्चिमा लगाएतका सामन्तवादी सोच चिन्तनका दानब जहिले पनि अर्कैे माथि कुदृष्टि लगाउँन बानी परेकाहरुले कोरोनाको नाम मात्र हो । चीनले स्वयं भाइरस उत्पन्न गराएर पठाएको हो । यसबाट आत्तिनु पर्ने डराउँनु पर्ने हुदैन । यो चीनीया भाइरससंग लडन हामी तयार छौ भनेर अफवाह फैलाए । शुरक्षाको लागि मास्क पनि प्रयोग नगर्ने नगराउँने भन्दै अटेरी गरे । त्यति बेलै हाम्रो देशका सत्ताधारी भ्रष्टाचारी, लुटाह ठग अपराधि मनस्थिति बोकेकाहरुले पनि साम्राज्यवादीको मतियार पिछलग्गु बन्दै यो साधारण रुघाखोकी जस्तै हो यसबाट कोहि आत्त्निु पर्दैन बेसार पानी खाए आफै निको हुन्छ भनेर खोक्रा आडम्बरी देखाएर दादागिरी देखाउँदै थिए जब जस्ले त्यस्ता पानीमरुवा कुरा गरे तिनै तिनैलाइ आक्रमण गरेर क्रोन्टाइनमा बस्न बाध्य भए कोहि त त्यहि माहामारी मै ज्यान गुमाए कोहि भने महिनौ दिन सम्म क्वारेन्टाइनमा बसेर धैर्य धारण गर्ने डक्टरको सल्लाह सुझाव खानपान गर्दै सुरक्षित भए ।
वास्तबमा प्राकृतिक दैविक घटनालाइ समाजवाद र साम्राज्यवादको तुलना किन गरियो भन्दा कोरोनाको समय पनि बिचौलियाको लागि मामा धन फुपूको सराद्ध भन्ने उखान जस्तो बनाएर ब्रम्ह्लुट गरे । बिरामी असाय निसाय मजदुरी नगरि खान नपाउँने अबस्थाकाहरुलाइ लकडाउनको कारण बाहिर निस्कने अबस्था भएन भन्दै सरकारले सोच र सहयोगको लागि ब्यबस्थापन गरिएको सहयोग समेत वास्तविक पिडितले पाएनन । त्यसमा पनि आफना आफन्त पार्टीका झोलेहरुलाइ बाडियो कसै कसैले त यतिसम्म घोटाला भ्रस्टचार गर्न समेत पछि परेनन ा आबश्यकताका दैनीक उपभोग्य बस्तुमाथि काला बजारी ठगि लुट ब्रम्ह्लुट मच्चाए तर कोरोना साम्राज्यवादीले भने जस्तै चीनमाथि आरोप लगाए जस्तै होइन रहेछ । वास्तबमै नयाँ प्रकारको प्राण घातक रोग रहेछ ।यो प्राकृतिक दैबिक घटना हो भन्ने पुस्टि भयो । जे जस्तो भए पनि जनताले प्राकृतिक बिपत कृतिम बेइमानीका पिडा दुख भोग्न बाध्य गराइयो । त्यस्तै अहिले पनि विश्व साम्राज्यवादले उत्पन्न गरायको कृतिम युद्धको बिपत्तिमा बाँच्न बाध्य छन ।
करिब २,३ बर्ष यता साम्राज्यवादले आफ्ना हर्कतहरु गरी रहेको थियो । लेवनान, प्यालेस्टाइन, युक्रेन लगाएतका देशहरु माथि जर्बजस्त युद्ध थोपरेको थियो । लाखौ जनता शोक भोक रोगका सिकार भए । आफ्नो मातृभूमि घर गृहस्थि सबै छोडेर ज्यु ज्यानको लागि बिस्थपित भए । त्यँहा हुनेहरु त्यँहाँको सरकारले आफ्नो राज्य बचाउँन पानी सम्म नखाइ लडिरहे लडाइमा लाखौ नागरिकको ज्यान गै सकेको छ । अझै शान्त छैन । फेरि साम्राज्यवादले नयाँ भूगोल इरानमाथि त्यहाँका बरिष्ठ नेता खामिनीको हत्या गरयो । भेनेज्यूलाका राष्ट्रपति मादुरोका दम्पति सहित रात्रीको समयमा आफ्नो बिस्तारामा सुतेकाहरुलाइ अपहरण गरेर आफ्नो देश अमेरिकामा लगेर बन्धक बनायो । बंगाला देश खरानी बनाइदियो ।नेपालमा जेनजीे विद्रोहको नाममा देश पुरै खरानी बनाइदियो । २०८४मा हुने नियमित निर्वाचनलाई जर्बजस्त २०८२मा गराउँन बाध्य बनायो । निर्वाचनको बाहनामा आफ्ना कठपुतलीहरुलाइ झण्डै बहुमतको बाताबरण बनायो । अहिले जेनजी आन्दोदनमा टेकेर आएको सरकारले जनताको हबिगत बनाउँदै गरिबका झुपडीहरुमा डोजर आतंक मच्चाउँदै हुकुमबासी सगै मिसायर गहुँ र घुन एकै ठाउँमा राखेर संरचना माथि दिन रात डोजर चलाएर मर्न सम्म बाध्य बनायो । अहिले नेपालमा दर्जनौ पटक लडेर हजारौको बलिदानी बाट प्राप्त गरेको जनताको अधिकार शिक्षक कर्मचारी बिद्यार्थीका ट्रेड युनीयन सबै खारेज गरेर तानाशाहको झल्को दिदै छ बजारमा कुनै पनि सामान गरिबको मात्र नभै हुने खानेहरुका लागि समेत किनीखाने अबस्थामा छैन । यता उता जानका लागि भाडा अत्यधिक बृद्धि गरिएको छ ।८०,९०को केरा ३००,३५० सम्म पुगेको छ तर किसानले ८०मात्र पाउँछ भने बिचमै विचौलियाहरुनै मोटाएका छन । यस्तो हविगत किन ? कसरी भयो ?
सर्ब प्रथम साम्राज्यवादको युद्धको असर मध्य पूर्बका देशहरुमा मात्र सिमित रहेन । हरेक कुरा यातायात संग जोडिएको हुन्छ भने यातायात इन्धनसंग जोडिएको हुन्छ । साम्राज्यवादले इरानको इन्धनलाइ नै केन्द्र विन्दु बनाएर इरान माथि नाका बन्दी गरेको छ । इन्धनमाथिको असहज नै अहिले विश्वभर तरगं पैदा भएको छ । यहि मौकामा अपराधि बिचौलिया बेइमान घुसपैठका मतियारहरुले ठिक ६,७ बर्ष अगाडिको कोरानाको बिपत्तिमा जस्तै अहिले पनि कृतिम बेइमानी गरेर जनतालाई सताइ रहेका छन ।
फेरि यहि समयमा सरकार पक्षले सुशासनको नाममा बिना ब्यबस्थापन सुकुम्बासीका अबैध घर टहरा हटाउँने भन्दै डोजर लगाएर झन ठूलो कृतिम बिजोग बनाएको छ । फेरिपनि जनता सडकमा जान बाध्य छन ।
अन्तमा राज्यले अतिक्रमण गरि बनाएका सुकुम्बासीको नाममा हुकुमबासी जुन प्रकारको ठगि ब्रम्ह्लुट मच्चाएका थिए, उक्त बिषयलाइ हुकुमबासीले यीनै इमान्दार सुकुम्बासीहरुको पछाडि पर्दामा खेल्ने दुस्प्रयास गरि रहेका छन । राज्यले साच्चिकै शुसासन गरिबको उद्धार गर्न खोजेको हो भने ती वास्तविक सुकम्बासीहरु कुनै पनि मौसममा शुरक्षित थिएनन । तिन हरुको पहिचान गरेर देशैभरका सुकुम्बासीको सूचि बनाएर उनका परिबारको सख्यालाइ मध्य नजर गरि परिचय पत्रको घर सख्या नम्बर सहित पहिलेनै ओतको ब्यबस्था गरेर मात्र सुकुम्बासीलाइ त्यहि स्थानमा जाउँ भन्ने गरेको भए आजको यस्तो खुदो लटे मिसिए जस्तो लटरम्म हुदैन्थ्यो होला ? फेरि पनि बिचौलियाहरुले आफनो स्वर्ग लुटिएका जाली फटाहहरुले यस्तो गन्जागोल भित्र खेलेर फेरिपनि वास्तविक सुकुम्बासीहरु अन्यायमा त पार्दैनन ? जे होस नेपालमा जहिले पनि साम्राज्यवाद( र) पश्चिमा बिस्तारवाद उनका मतियार बिचौलिया ठगाह लुटाहहरुकै षडन्यत्रमै देश र जनताले दुख पाउने देशमा सधै अशान्त भै रहने जनताका छोराछोरीले रगत बगाइरहने सामन्तहरु सत्तामा पुगेर उनै जनतालाइ दुख पिडा चिन्ता बोझ महगीं आपत बिपतका सजाय भोगिरहनु पर्ने बाहेक अन्य विकल्प भएन । त्यसकारण कोरोना बाढि पहिरो माहामारीका बिपतजन्य घटना र अहिलेको साम्राज्यवादको युद्ध सबै गरिब जनताकै विरुद्ध घातक एउटै लक्ष्य बोकेका दुइ पाटा हुन । यी संकेतहरुले तेस्रो विश्वको लागि मलजल गर्दै छन ।सबैमा चेतना भया धन्यवाद ।






























