क्रान्तिकारी कम्युनिस्ट पार्टीले जेठ महिनाभरि सुकुम्बासीको पक्षमा आन्दोलन गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टीले जेठ महिनाभरि सुकुम्बासीको पक्षमा आन्दोलन गर्ने

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैशाख २४–२४ मा सम्पन्न स्थायी समितिको बैठकले जेठ महिनाभरि सुकुम्बासी समस्यामा केन्द्रित भई आन्दोलन गर्ने घोषणा गरेको छ । निर्णयमा भनिएको छ, “अहिलेको डोजर आतंकको विरुद्ध उभिने पार्टी, संगठन तथा व्यक्तित्वसँग सहकार्य गरी आन्दोलनको विकासमा जोड दिने ।”
बैठकले दुई चरणमा आन्दोलन गर्ने निर्णय गरिएको छ– जेठ १ देखि १५ गतेसम्म सुकुम्बासी समस्या र त्यसको समाधान सम्बन्धी पर्चा बनाएर सुकुम्बासी टोलमा वितरण गर्ने, शिविरमा गएर पार्टीको सुकुम्बासीसम्बन्धी दृष्टिकोण राख्ने, प्रभावित परिवारको तथ्यांक संकलन गर्ने, सुकुम्बासीहरुले स्वतःस्फूर्त चलाएका संघर्षमा सहभागिता जनाउने लगायत कार्यक्रम रहेको छ ।

दोस्रो चरण (जेठ १६ देखि ३० सम्म) आम जनतालाई सुकुम्बासी समस्याबार बुझाउन पिंढी सभा, कोणसभ ागर्ने, जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र धर्ना बस्ने, जुलुस तथा विरोध प्रशृनहरु गर्ने, सुकुम्बासी समस्या समाधानको माग गर्दै हस्ताक्षर संकलन गर्ने, कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने, मशाल जुलुस निकाल्ने, जिल्लास्तरीय सभाहरु गर्ने लगायतका निर्णय गरिएको छ ।
सुकुम्बासी समस्या समाधानका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले तयार पारेको पर्चा यसअघि नै सार्वजनिक भइसकेको छ ।