चुनाव र चुनावी परिणामलाई क्रान्तिकारीहरुले कसरी बुझ्ने ?

पहिलो चरणको स्थानीय तहको निर्वाचन मूलभूत रुपमा सम्पन्न भएको छ । निर्वाचनको परिणाम मूलतः यथास्थितिवादी शक्तिको पोल्टामा गएका कारण जनताका आधारभूत समस्याहरु यो निर्वाचनले हल गर्न नसक्ने कुरा पनि प्रष्ट छ । संसदीय प्रणालीअन्तर्गत हुने निर्वाचनको जनमतलाई प्रभाव पार्ने मुख्य साधन मनी र मशल नै रहेछ भन्ने कुरा पनि यो निर्वाचनले राम्ररी उजागर गरेको छ […]

भरतपुरमा एमालेको विरोध प्रदर्शन, मतगणना तत्काल सुरु गर्न माग

चितवन । मतगणनाका क्रममा मतपत्र च्यातिएको विरोधमा एमालेले भरतपुर महानगरपालिकामा विरोध प्रदर्शन गरेको छ । एमालेले तत्काल मतगणना सुरु गर्न माग गर्दै प्रदर्शन गरेको हो । एमालेले निकालेको जुलुस मतगणनास्थल भरतपुरको कभर्ड हलमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागी एमाले नेता तथा कार्यकर्ताहरुले मतपत्र च्यात्नेलाई कारबाही गर्न मागसमेत गरेका छन् । उनीहरुले पुनः […]

स्थानीय तहको दोस्रो चरणको चुनाव पछि सार्ने निर्णय, अब असार ९ गते चुनाव

काठमाडौं । स्थानीय तहको दोस्रो चरणका निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसअघि यही जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने भनिएपनि दलहरुको सहमतिका आधारमा निर्वाचन सरेको हो । अब स्थानीय तहको उम्मेदवारी दर्तासहित निर्वाचनका सबै कार्यक्रम पछि सर्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो […]

मतपत्र च्यातिएपछि भरतपुरमा मतगणना स्थगित, दुई जना पक्राउ

भरतपुर । मतगणना कार्य अन्तिम अवस्थामा पुगेका बेला भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । मतगणना चलिरहेका बेला आइतबारराति माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको हो । मतगणनास्थलबाट दुई जना माओवादी केन्द्रका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । राति पौने १२ बजे दुई माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि स्थिति तनावपूर्ण बनेको थियो । मुख्य […]

काभ्रेको रोशी गापा–४ मा देजमोको विजयीसभा (फोटोफिचर)

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आफ्ना उम्मेदवारहरु प्यानलै विजयी भएको काभ्रेको रोशी गाउँपालिकाको वडा नं. ४ मा विजयीसभा सम्पन्न गरेको छ । रोशी गापा–४ को महादेवटारमा आयोजित विजयीसभामा नेकपा (क्रान्तिकारी माओवादी)का सचिवालय सदस्य राम आचार्यले विजयी उम्मेदवारहरुलाई अबीर, खादा र माला लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै देजमोका उम्मेदवारहरुलाई विजयी गराउने जनसमुदायप्रति हार्दिक […]

संघीय गठबन्धनले चुनावमा भाग नलिने भन्दै ग¥यो आन्दोलनको घोषणा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठवन्धनले दोस्रो चरणको चुनावमा भाग नलिने भन्दै आन्दोलनको घोषणा गरेको छ । स्थानीय तहको संख्या बृद्धि सहमति अनुसार नभएको, तीन बुंदे सहमती अनुसार संविधान संशोधन नगरिएको र पूर्व सहमति अनुसार मुद्दा फिर्ता नलिइएको भन्दै उसले आन्दोलनको घोषणा गरेको हो । सरकारले भने राजपा नेपाललाई चुनावमा सहभागी गराउन […]

पोखरामा एमालेका जिसी विजयी, काँग्रेस–माओवादी केन्द्र गठबन्धन पराजित

पोखरा । कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । पोखरामा एमालेका मेयरका उम्मेदवार मानवबहादुर जिसी काँग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार रामजी कुँवरलाई हराउँदै विजयी बनेका हुन् । महानगरपालिकामा यो एमालेका पहिलो जित हो भने महानगरमा आएको दोस्रो नतिजा हो । अब काठमाडौं र भरतपुर महानगरपालिकाको मत परिणाम आउन बाँकी रहेको छ […]

निर्वाचन आयोगले भन्यो ३१ जेठमा चुनाव गराउन सकिन्न

काठमाडौं । निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गरी ३१ जेठमा निर्वाचन गराउन नसकिने जनाएको छ । सरकारले केही दिनअघि स्थानीय तहको संख्या थप गरेपछि जेठ ३१ गते निर्वाचन संभव नभएको बताएको छ । आयोगले नयाँ थपिने संख्या अनुसार निर्वाचन गर्नका लागि प्राविधिक रुपले असंभव रहेको उल्लेख गर्दै पुरानै संख्यामा निर्वाचनको वातावरण मिलाउनसमेत आग्रह गरेको छ […]

संसदवादी चुनावी सँस्कृतिका केही परिदृश्यहरु

काँगे्रस र एमाले, जनमोर्चा र राप्रपा, मजदूर किसान पार्टी र अरुहरु ०४७ देखि नै संसदीय चुनाव अभ्यासमा प्रयोग गरिने हरेक तिकडम, हरकत, षडयन्त्र, छलछाम, नक्कली मतदान, साम–दाम–दण्ड–भेद, धनबल र बाहुबल आदि प्रयोग गर्न पूर्णतः दक्ष, उत्तीर्ण र सफल हुँदै आएका छन् । यसमानेमा माओवादी केन्द्र केही कमजोर, सिकारु र असफल देखिएको छ र सिक्दै छ […]

संगठनको आधार र प्रतिक्रियावादी तत्वहरुको भण्डाफोर मुख्य उपलब्धिः देजमो

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एक प्रेस नोट जारी गर्दै स्थानीय तहको पहिलो चरणको निर्वाचनको क्रान्तिकारी उपयोगको क्रममा मोर्चाका नेता कार्यकर्ताले प्रतिक्रियावादी तत्वहरुको भण्डाफोर गर्दै संगठनको आधार तयार पार्न खेलेको भुमिकालाई मुख्य उपलब्धि भएको जनाएका छन् । जेठ १० अर्थात् बुधबार जारी प्रेस नोटमा अध्यक्ष गजुरेलले यस्तो दाबी गरेको हुन् । […]