नेकपा (क्रान्तिकारी माओवादी) चितवनले भव्यताकासाथ मनायो जनयुद्ध दिवस

नेकपा (क्रान्तिकारी माओवादी) चितवनले भव्यताकासाथ मनायो जनयुद्ध दिवस

फागुन १ चितवन ।
महान जनयुद्धको अठ्ठाईसौं वर्षगाँठको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) चितवन जिल्लाको आयोजनामा एक बृहत जनसभा सम्पन्न भएको छ । उक्त सभाको सञ्चालन जिल्ला सेक्रेटरी बाबुराम प्यासीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य अम्बिका मुडवरीले जनयुद्धका छ वटा प्रतिबद्धता पुरा नभएसम्म जनयुद्ध जारी रहने बताएकी छन् ।


देशमा माछा, केरा, तरकारी सडकमा फयाक्नु पर्ने अवसथा आएको र किसानको हालत बिजोग भएको र अर्थतन्त्र सबल नभएको अवस्थामा गणतन्त्रको समेत आधार निर्माण नभएको,आमुल परिवर्तन नभएसम्म जनयुद्ध नरोकिने भनाई राखिन् । महिला अधिकार र वैदेशिक रोजगारीका नाममा पुरुष बेचबिखन भइरहेको नेपालको यथार्थ चित्रण छ ।


त्यस्तै अर्का वक्ता भरतपुर महानगर इन्चार्ज सुरेश गौतमले जनयुद्ध अपराधीकरण गर्न प्रतिक्रियावादी सत्ता लागेको र सत्तासीन माओवादी त्यसको मलामी बन्न तयार भएको बताए । उनले गणतन्त्रविरोधी र राजतन्त्र पक्षधर बिचको लडाइँ नटुंगिएसम्म जनयुद्धको वास्तविक उद्देश्य पुरा नहुने बताए ।
नेकपा (क्रान्तिकारी माओवादी) मात्र जनताको न्यायपूर्ण जनसंघर्षको सच्चा सिपाही भएको जिल्ला सेक्रेटरी बाबुराम प्यासीले बताए । कार्यक्रममा क्रान्तिकारी माओवादीका चितवन जिल्ला इन्चार्ज घननाथ सापकोटा विकास, केन्द्रीय सल्लाहकार भूमिश्वर कडेल, दिवाकर न्यौपाने लगायतका नेता तथा कार्यकर्ताको गरिमामय उपस्थिति रहेको थियो ।
सो अवसरमा उपस्थित सबैमा शहिद परिवारको सदस्य खड्गबहादुर कुँवरले रातो टिका लगाएर एवम् नगर सेक्रेटरी रमेश पौडेलले मिठाई बितरण गर्नुभएको र जनयुद्ध दिवसको गुञ्जायमान नारासहित कार्यक्रम बिसर्जन भएको थियो ।