फागुन १ सिन्धुली ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिको आयोजनामा सिन्धुली धुरा बजार पार्टी कार्यालयमा २८ औ महान् जनयुद्ध दिवस कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाका संपूर्ण नेता र कार्यकर्ता भेला भै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । उक्त अन्तरक्रिया कार्यक्रममा केन्द्रीय समितिको सदस्य एबम् जिल्ला ईन्चार्ज जिवनले महान् जनयुद्धका बारेमा प्रस्ट पार्दै महान् जनयुद्धको महत्व र महान् अमर सहीदले देखाएको नयाँ जनवादी क्रान्तिको बाटामो अघि बढ्न संपूर्ण साथीहरुलाई आह्वान गर्नु भयो । उक्त कार्यक्रमको संचालन सिन्धुली जिल्ला समितिको सेक्रेटरी अनुजले गर्नु भएको थियो ।