जनयुद्ध दिवस समारोहमा भएको हस्तक्षेप र नेता कार्यकर्ता गिरफ्तारीको महासचिव किरणद्वारा घोर निन्दा र भत्र्सना

जनयुद्ध दिवस समारोहमा भएको हस्तक्षेप र नेता कार्यकर्ता गिरफ्तारीको महासचिव किरणद्वारा घोर निन्दा र भत्र्सना

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले कञ्चनपुर जिल्लाको महेन्द्रनगर बसपार्कमा आज २८औं जनयुद्ध दिवस मनाउँदै गर्दा जनयुद्धका “नायक” प्रचण्ड कै नेतृत्वको सरकारले कार्यक्रममाथि हस्तक्षेप गरी माइक खोस्नुका साथै कार्यक्रमका आयोजक पार्टीका नेता कार्यकर्ताहरुमाथि गरिएको गिरफ्तारीको तीव्र विरोध गर्नुभएको छ ।

घटना लगत्तै एक प्रेस वक्तव्य जारी गर्दै महासचिव किरणले प्रहरीले कार्यक्रममा हस्तक्षेप गरी पीबीएम कमरेड प्रेम सुवेदी, सीसीएम कमरेड हरि सुवेदी, अखिल (क्रान्तिकारी)का प्रदेश संयोजक पुष्कर जोसीका साथै नेकपा (बहुमत)का केन्द्रीय सल्लाहकार समितिका सदस्य क. डम्बर बहादुर विष्ट, केन्द्रीय समिति सदस्य क. बहादुर महरा लगायत दर्जन भन्दा बढी कमरेडहरुलाई गिरफ्तार गरेको जनाउँदै यस प्रकारको हस्तक्षेप र गिरफ्तारीको घोर निन्दा तथा तीव्र भत्र्सना गर्नुभएको हो ।

वक्तव्यमा यस परिघटनाबाट आज जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने प्रचण्ड सरकारको निर्णय वस्तुत: जनयुद्ध तथा त्यसमा जनताले गरेको बलिदानको सम्मान नभएर केवल क्रान्तिकारी जनतामा भ्रम छर्ने नौटङ्की र प्रतिक्रियावादी सत्ता मार्फत् क्रान्तिको दमनगरी साम्राज्यवाद तथा विस्तारवादको सेवागर्ने उद्देश्य रहेको प्रष्ट भएको उल्लेख गर्दै प्रचण्डको यस प्रकारको रवैयाप्रति खेद प्रकट गर्दै गिरफ्तार गरिएका सम्पूर्ण बन्दीहरुलाई अविलम्ब रिहाइ गर्न नेपाल सरकारसँग जोडदार माग गर्नुभएको छ ।