
महेन्द्रनगर । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले संयुक्त रुपमा आयाेजना गरेकाे जनयुद्ध समाराेहमा प्रहरीले हस्तक्षेप गरेकाे छ । कार्यक्रममा हस्तक्षेप गरी नेकपा (क्रान्तिकारी माओवादी)का पिविएम प्रेम सुवेदी, केन्द्रीय सदस्य हरि सुवेदी र अखिल क्रान्तिकारीका सुदुरपश्चिम प्रदेश संयाेजक पुष्कर जाेशीलाई गिरफ्तार गरेकाे छ । त्यसैगरी प्रहरीले नेकपा (बहुमत)का केन्द्रिय सल्लाहकार डम्बर बहादुर बिष्ट, कञ्चनपुर जिल्ला ईन्चार्ज अर्जुन दयाल, केस डम्बर बिष्ट , केन्द्रीय सदस्य बहादुर महरा, बिधार्थि उपाध्यक्ष्य बिरेन्द्र शाह, जिल्ला संयोजक नक्साल, युवा संयाेजक दिपेन्द्र ऐरी, विध्यार्थी नेता सुरेन्द्र धानुक, बिरेन्द्र नाथरमेश नाथ लगायत रहनु भएकाे छ ।
शान्तिपुर्ण रुपमा जनयुद्ध दिवस मनाइरहेकाे अवस्थामा विना कारण गरिएकाे प्रहरी हस्तक्षेप र गिरफ्तारीकाे चाैतर्फी रुपमा विराेध भइरहेकाे छ ।



