यस्ता छन् देजमोले १ नं. प्रदेशबाट दोस्रो चरणमा उठाएका उम्मेदवारहरु (सूचिसहित)

काठमाडौं । संसदीय व्यवस्था, सत्ता र संविधानको भण्डाफोर गर्दै पार्टी तथा मोर्चाको संगठन विस्तारको आधार तयार पार्ने उद्देश्य राखेर निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चाले दोस्रो चरणमा हुने निर्वाचनका लागि अन्य प्रदेशमा जस्तै १ नं. प्रदेशका पनि अधिकांश जिल्लामा आफ्नो उम्मेदवारी दिएको छ । मूलबाटो डटकमलाई प्राप्त जानकारी अनुसार […]

३ नं. प्रदेशमा देजमोले दोस्रो चरणमा उठायो यस्ता उम्मेदवारहरु (सूचिसहित) 

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले ३ नं. प्रदेशमा दोस्रो चरणमा निर्वाचन हुने काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, मकवानपुर, सिन्धुलीलगायतका जिल्लाका अधिकांश ठाउँमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारहरु उठाएको छ ।  निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको देजमोको ३ नं. प्रदेश कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंको १० नंं. निर्वाचन क्षेत्रमा क्रान्तिकारी माओवादीका […]

अधिकांश जिल्लामा देजमोका नेताहरुको हस्तक्षेपपूर्ण उम्मेदवारी

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको लागि हुने दोस्रो चरणको निर्वाचनका लागि नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका नेताहरुले अधिकांश जिल्लामा हस्तक्षेपपूर्ण उम्मेदवारी दर्ता गराउनु भएको छ । मूलबाटोलाई प्राप्त जानकारी अनुसार काठमाडौंको १० नं. निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्जको भूमिकामा रहेका युवा नेता सुरेश श्रेष्ठले […]

देजमोका उम्मेदवारहरुलाई विजयी बनाउन जनसमुदायमा महासचिव किरणको अपील

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले जनसमुदायको नाममा एक सार्वजनिक अपील जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चाका उमेदवारहरुलाई विजयी बनाउन हार्दिक अनुरोध गर्नुभएको छ । महासचिव किरणले मोर्चा राष्ट्रिय स्वाधीनताको रक्षा, संघीय जनतणतन्त्रको स्थापना र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पार्दै आम जनसमुदायसित देजमोका उम्मेदवाहरुको पक्षमा मतदान गर्न हार्दिक अनुरोध […]

मनोनयन दर्ता शान्तिपूर्ण – निर्वाचन आयोग

काठमाडौं, १६ कार्तिक । दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेद्वारी मनोनयन दर्ता कार्य शान्तिपूर्ण ढङ्गले भइरहेको छ । आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी मनोनयन पत्र दर्ता गर्ने काम उम्मेद्वारहरुबाट भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । बिहीवार ४५ जिल्लामा […]

४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सिटका लागि मनोनयन आज

१६ कात्तिक, काठमाडौं । आगामी मंसिर २१ गते ४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५६ सिटका लागि बिहीबार (आज) उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । यसअघि कात्तिक ५ गते ३२ हिमाली जिल्लामा उम्मेदवारी मनोनयन दर्ता भइसकेको छ । यी जिल्लामा पहिलो चरणअन्तर्गत मंसिर १० […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, पुरानै मूल्य कायम

१६ कात्तिक, काठमाडौं । निर्वाचनको मुखमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल फिर्ता लिन निर्देशन दिएपछि विहीबार बिहानै बसेको आयल निगमको आकस्मिक बैठकले विहीबारदेखि पुरानै मुल्य कायम गरिने निर्णय गरेको छ । निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको […]

माकेको एमालेकरण माओवादीहरुलाई मान्य छैन, ‘मुठ्ठी’ सच्चा माओवादीहरुको साझा चुनाव चिन्ह बन्दैछ

वाम र लोकतान्त्रिक गठबन्धनलाई चुनौती दिंदै आफ्नो उम्मेदवारी दिनुभएको छ । गठबन्धन र जनताबाट के कस्तो प्रतिक्रिया पाउनु भएको छ ? गठबन्धनको जनाधार र हाम्रो जनाधार एउटै भएकोले मेरो उम्मेदवारीले उहाँहरुलाई केही हदसम तरंगित बनाएको छ । त्यो स्वाभाविक हो तर जनताको बीचमा हाम्रा मुद्दाहरुले कस्तो प्रभाव पार्न सक्छ, कसले जनताका भावना र मनोविज्ञानलाई नेतृत्व […]

आयोगको छुट्टाछुट्टै मतपत्र छाप्ने निष्कर्ष, राज्यलाई अरबौंको भार थपिने

काठमाडौं । सर्वोच्चको आदेश अनुसार निर्वाचन आयोगले सोमबार (आज) सर्वोच्च अदालतमा प्रगति विवरण बुझाउँदैछ । आइतबार कानुनविदहरुसँग छलफल गरेपछि निर्वाचन आयोग छुट्टा छुट्टै मतपत्र छाप्ने निष्कर्षमा पुगेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको छुट्टा छुट्टै मतपत्र बनाउन दिएको आदेशको पत्र पाएपछि निर्वाचन आयोगले सो निष्कर्ष निकालेको हो । प्रमुख निर्वाचन आयुक्त अयोधी […]

झर्रोटर्रो : घोषणा पत्र

यतिखेर केन्द्रीय संसद र प्रदेश संसदको चुनाउ हुन लागेको छ । अहिलेको संविधान लेखेका मुखियाहरू आफैँले लेखेको संविधानबाट आतङ्कित भएर आआफ्ना जातभात, थरगोत्र र कुलकुलायन मिल्नेहरूका बिचमा गठबन्धन बनाएका छन् । एउटा चारतारे दलको मियोमा लोकतन्त्रे गठबन्धन र अर्को सूर्यछापको मियोमा बामपन्थे गठबन्धन बनेको छ । गठबन्धे तौल अन्सार चुनाउमा सीटको भागबण्डा लगाएका छन् । […]