२५ माघ काठमाडौं ।
अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्य र अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी युएसएआईडी प्रमुख सामन्था पावरले नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग भेट गरेर एमसीसी कार्यान्वयनमा जोड दिएकी छन् ।
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग भेटदा यो दवाव दिएकी हुन ।
बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट गरेकी हुन् । भेटका क्रममा उनले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध बिस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिएकी थिइन ।
दुई दिने नेपाल भ्रमणमा मंगलवार काठमाडौं आइपुगेकी उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटेर स्वदेश फर्किएकी छन् ।
अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी थिइन् ।
उनको विदाइसंगै युरोपीयन युनियनका उच्च अधिकारीहरुको बाक्लो भ्रणको तयारी पनि भइरहेको छ ।































