शेखइशा महमदको संयोजकत्वमा १५ सदस्यीय अखिल नेपाल क्रान्तीकारी मजदुर संघ सर्लाही जिल्ला समिति गठन

शेखइशा महमदको संयोजकत्वमा १५ सदस्यीय अखिल नेपाल क्रान्तीकारी मजदुर संघ सर्लाही जिल्ला समिति गठन

२६ माघ सर्लाही ।
सर्लाही जिल्लाको हरिवन नगरपाली वडा न.९ मा सर्लाही जिल्ला भरका ज्याला गरि मजदुरी गर्ने मजदुरहरु भेला भै आफ्नो मजदुर हक अधिकारको लागि अखिल नेपाल क्रान्तीकारी मजदुर संघ गठन गरिएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) पार्टी को प्रदेश न. २ का प्रदेश इनचार्ज कृस्णदेव दनुवार को प्रमुख अतिथ्यतामा सन्चालन गरिएको मजदुर संघको भेलामा अखिल नेपाल क्रान्तिकारी मजदुर संघ का माहासचिव बसन्त बोगटी बिशेश अतिथी रहनु भएको थियो । साथै नेकपा (क्रान्तिकारी माओवादी)पार्टी सर्लाही जिल्ला इन्चार्ज सन्ध्या प्रधान र सर्लाही जिल्ला सेक्रेटरी सुमन अधिकारी साथै शेख मन्सुर अतिथी रहनु भएको थियो ।
कार्यक्रमको सन्चालन जोख बहादुर मोक्तानले गर्नु भएको थियो । सर्लाही जिल्लाका मजदुर हकहितको लागि जति कार्यक्रम आएता पनि वास्तविक मजदुर सामुन्ने आज सम्म कुनै कार्यक्रम नआएको हुदा मजदुरलाई दैनिकी चलाउन गारो हुँदै आएको र मजदुरी गर्दै आउनेहरुको अवस्था पनि दयनिय बन्दै गएको हुदा आफ्नो हकहितको लागि लड्नुपर्ने कुरालाइ अतिथीहरुले बोल्ने क्रममा जोड दिनु भएको जिल्ला सेक्रेटरी सुमन अधिकारीले जानकारी गराउनु भयो ।


सयौको संख्यामा उपस्थित भएका मजदुरहरुले आफ्नो बिषयमा बोल्ने मान्छे नभएको समेत गुनासो एक मजदुर कृष्णदेव महराले बताउनु भएको थियो । मजदुरहरु आफ्नो हकहित सुरक्षित गर्नको लागि अखिल नेपाल क्रान्तिकारी मजदुर संघ सर्लाही जिल्लामा संगठित गरिएको छ ।
भेलाले शेखइशा महमदको संयोजकत्वमा १५ सदस्यीय अखिल नेपाल क्रान्तीकारी मजदुर संघ गठन गरेको छ ।