पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, पुरानै मूल्य कायम

१६ कात्तिक, काठमाडौं । निर्वाचनको मुखमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल फिर्ता लिन निर्देशन दिएपछि विहीबार बिहानै बसेको आयल निगमको आकस्मिक बैठकले विहीबारदेखि पुरानै मुल्य कायम गरिने निर्णय गरेको छ । निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको […]

माकेको एमालेकरण माओवादीहरुलाई मान्य छैन, ‘मुठ्ठी’ सच्चा माओवादीहरुको साझा चुनाव चिन्ह बन्दैछ

वाम र लोकतान्त्रिक गठबन्धनलाई चुनौती दिंदै आफ्नो उम्मेदवारी दिनुभएको छ । गठबन्धन र जनताबाट के कस्तो प्रतिक्रिया पाउनु भएको छ ? गठबन्धनको जनाधार र हाम्रो जनाधार एउटै भएकोले मेरो उम्मेदवारीले उहाँहरुलाई केही हदसम तरंगित बनाएको छ । त्यो स्वाभाविक हो तर जनताको बीचमा हाम्रा मुद्दाहरुले कस्तो प्रभाव पार्न सक्छ, कसले जनताका भावना र मनोविज्ञानलाई नेतृत्व […]

आयोगको छुट्टाछुट्टै मतपत्र छाप्ने निष्कर्ष, राज्यलाई अरबौंको भार थपिने

काठमाडौं । सर्वोच्चको आदेश अनुसार निर्वाचन आयोगले सोमबार (आज) सर्वोच्च अदालतमा प्रगति विवरण बुझाउँदैछ । आइतबार कानुनविदहरुसँग छलफल गरेपछि निर्वाचन आयोग छुट्टा छुट्टै मतपत्र छाप्ने निष्कर्षमा पुगेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको छुट्टा छुट्टै मतपत्र बनाउन दिएको आदेशको पत्र पाएपछि निर्वाचन आयोगले सो निष्कर्ष निकालेको हो । प्रमुख निर्वाचन आयुक्त अयोधी […]

झर्रोटर्रो : घोषणा पत्र

यतिखेर केन्द्रीय संसद र प्रदेश संसदको चुनाउ हुन लागेको छ । अहिलेको संविधान लेखेका मुखियाहरू आफैँले लेखेको संविधानबाट आतङ्कित भएर आआफ्ना जातभात, थरगोत्र र कुलकुलायन मिल्नेहरूका बिचमा गठबन्धन बनाएका छन् । एउटा चारतारे दलको मियोमा लोकतन्त्रे गठबन्धन र अर्को सूर्यछापको मियोमा बामपन्थे गठबन्धन बनेको छ । गठबन्धे तौल अन्सार चुनाउमा सीटको भागबण्डा लगाएका छन् । […]

निर्वाचन उपयोग र देजमोका उम्मेद्वारहरुको जित

नेकपा (क्रान्तिकारी माओवादी)को सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको उपयोग गर्ने नीति लिएको छ । पार्टी मातहतको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ब्यानरमा निर्वाचन उपयोग गर्ने नीति लिएको हो । यही निर्णय अनुसार निर्वाचन आयोगमा मोर्चा दर्ता गरिसकिएको छ र अगामी दुवै निर्वाचनका लागि मोर्चाले ‘मुठ्ठी’ चुनाव चिन्ह पाएको छ । मंसिर १० गतेका […]

सर्वोच्च अदालतको आदेशलाई लिएर दलहरु तरंगित, निर्वाचन विथोलिने आशंका

काठमाडौं । बुधबार सर्वोच्चले प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनमा प्रत्यक्षतर्फ अलग अलग मतपत्र छाप्न ‘बाध्यकारी’ रहेको जनाउँदै त्यस विषयमा भएको प्रगतिबारे तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको विषयलाई लिएर राजनीतिक पार्टीहरु खासगरी एमाले र माओवादी केन्द्रका नेताहरु तरंगित बनेका छन् । एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रयोग हुने मतपत्रका सम्बन्धमा बुधबार सर्वोच्च […]

नुवाकोटमा एमाले–माके गठबन्धनलाई कडा टक्कर दिंदै लक्ष्मी मुड्भरी

नुवाकोट । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको तर्फबाट नुवाकोटको २ नं. निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएकी महिला नेतृ लक्ष्मी मुड्भरीले एमाले–माके गठबन्धनलाई कडा टक्कर दिने विश्लेषण गर्न थालिएको छ । तत्कालीन माओवादी जनयुद्धको सुरुका दिनदेखि नै माओवादी जनयुद्धमा होमिएकी महिला नेतृ मुड्भरी जिल्लाको चर्चित अनुहार हो । एमाले–माके गठबन्धनको तर्फबाट अगाडि सारिएका एमालेका उम्मेदवार नारायण […]

एमाले–माकेहरु ‘कम्युनिष्टको साइनबोर्ड झुण्ड्याएका’ पश्चगामी शक्ति हुन् : महासचिव किरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एमाले र माकेहरु कम्युनिष्ट साइनबोर्ड झुण्ड्याएका पश्चगामी शक्ति भएको बताउनु भएको छ । “पुरानो, प्रतिगामी, प्रतिक्रियावादी संसदीय व्यवस्थालाई मान्ने र त्यही सत्तामोहमा चुर्लुम्म डुब्नेहरु कम्युनिष्ट हुन सक्दैनन् र तिनीहरु वाम पनि होइनन् ।” बिहीबार विहान ‘रेडियो नागरिक’सँग कुराकानी गर्दै महासचिव किरणले भन्नुभयो, “नेपालमा कम्युनिष्ट आन्दोलन […]

गुण्डा नाइके मनाङ्गे ‘स्वतन्त्र’को रुपमा एमाले उम्मेद्वार !

काठमाडौं । स्वतन्त्र उम्मेदवारको रुपमा मनाङ जिल्लाको प्रदेश (ख) मा उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई समर्थन गर्दै एमाले उम्मेदवार खाण्डा लामा गुरुङले मनाङ प्रदेश (ख) बाट उम्मेदवारी फिर्ता लिएपछि ‘स्वतन्त्र’को रुपमा गुण्डा नाइके मनाङ्गेलाई एमालेले उम्मेदवार बनाएको राजनीतिक वृतमा चर्चा छ । मनाङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दीपक ढकालले एमाले […]

रोल्पामा वर्षमान पुनलाई कुमार शाहको चुनौती

रोल्पा । नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सचिवालय सदस्य कुमार शाहले प्रतिनिधिसभा निर्वाचनमा रोल्पामा पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’लाई चुनौती दिएका छन् । शाहले आइतबार प्रतिनिधिसभाका लागि आफ्नो मनोनयन दर्ता गराएका छन् । पत्रकार, लेखक तथा अनुवादकको रुपमा समेत स्थापित शाह रोल्पाबाटै शिक्षक पेशा छाडेर माओवादी जनयुद्धमा होमिएका हुन् […]