नेकपा (क्रान्तिकारी माओवादी) भरतपुर महानगर स्तरीय राजनैतिक एवं वैचारिक अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा (क्रान्तिकारी माओवादी) भरतपुर महानगर स्तरीय राजनैतिक एवं वैचारिक अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न

२८माघ चितवन ।

नेकपा (क्रान्तिकारी माओवादी)को भरतपुर महानगर स्तरीय राजनैतिक एवं वैचारिक अन्तरक्रियामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सञ्चालन भरतपुर महानगर सेक्रेटरी रमेश पौडेलले गर्नु भएको थियो ।


नेकपा (क्रान्तिकारी माओवादी) भरतपुर महानगर इन्चार्ज सुरेश गौतमको सभाध्यक्षमा पार्टीका स्थायी समिति सदस्य चन्द्रहरी सुबेदी अटलले वर्तमान सत्ता संकट र क्रान्तिकारी माओवादीको कार्यभारका सन्दर्भमा राजनैतिक वैचारिक अन्तरक्रियामूलक प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार एवं किसान नेता भूमिश्वर कडेलले नेपाली किसानहरू सडकमा तरकारी फाल्ने अवस्थामा पुगेकोले यो गणतन्त्र विहारी गणतन्त्र भएको बताउनु भयो । कार्यक्रमका विशेष अतिथि मकवानपुर जिल्ला ईन्चार्ज अशोक शर्मा, केन्द्रीय सल्लाहकार दिवाकर न्यौपाने लगायतका महानगरीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो  ।


कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) चितवन जिल्ला सेक्रेटरी एवम् देजमो जिल्ला अध्यक्ष बाबुराम प्यासी समेत अतिथि रहनु भएको थियो । कार्यक्रममा क्रान्तिकारी माओवादीले क्रान्तिकारी कम्युनिष्ट पार्टीबिच एकता एवम् धुर्वीकरण, मालेमावादी दर्शनका सन्दर्भमा राजनैतिक वैचारिक प्रशिक्षण भएको क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरीले जानकारी दिनु भयो ।