माघ २९ काठमान्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा संबोधन गर्न जाने क्रममा प्रहरी प्रशासनद्वारा भि.वि.आ.इ.पी. सुरक्षाको नाममा विर अस्पताल ट्रमा सेण्टरमा कार्यरत अर्थोपेडिक डा. जेनीत लाल सिंहलाई अस्पताल अगाडी बाटोमा हिडिरहेको अवस्थामा संघातिक हमला गरिएको छ । उक्त कार्यको हाम्रो संगठन घोर भर्त्सना गर्दछ ।
स्वास्थ्य क्षेत्र जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई भि.वि.आ.इ.पी. सुरक्षाको नाममा सुरक्षामा खटिएका सुरक्षाकर्मीद्वारा संघातिक आक्रमण हुनु र स्वास्थ्योपचार, स्वास्थ्य सेवा लिन आउने विरामीहरुलाई अस्पतालमा पुग्न नदिई घण्टौसम्म बाटोमा अलपत्र पार्नु भनेको अत्यन्तै निन्दनीय, खोज जनक साथै अप्रजातान्त्रिक कार्यशैली हो। भि.वि.आ. इ.पी. सवारीको नाममा सर्वसाधारण आम नागरिकले खेप्नु परेको सास्ती र आम नागरिकलाई दु:ख दिने गृह प्रशासनको निती नियम तत्काल सुधार गर्नु पर्ने माग गर्दै उक्त घटनाको विरोधमा उत्रिनु भएका विर अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुप्रति हाम्रो संगठन अखिल नेपाल जनस्थास्थ्यकर्मी संगठन (ब्िि ल्भउब िएगदष्अि ज्भबतिज ध्यचपभचक इचनबलष्शबतष्यल) ऐक्यवद्धता जायर गर्दछ भन्दै अध्यक्ष इन्दिरा अधिकारीव्दारा निम्न प्रेस वक्तव्य प्रकाशित गरिएको छ :