फागुन १ सर्लाही ।
नेकपा (क्रान्तिकारी माओवादी) सर्लाहीले भव्यताकासाथ मनायो जनयुद्ध दिवस मनायो । उक्त कार्यक्रममा बोल्ने सबै जसो वक्ताहरुले सहिद को सपना अझै पूरा नभएको , जनयुद्धमा घाइते , अपांगहरुलाइ सरकारले बेवास्ता गरेको , देशमा लोकतान्त्रिक गणतन्त्र आयतापनी गरिब निमुखा असाय ब्यक्तिहरुले अनुभव गर्न नसकेको बताउनु भयो ।
ठुला वडा ब्यक्ति कै रेखामुनि सुकुम्बासी मजदुर रहनु पर्ने बाध्यता भएको हुदा ब्यवस्था र अवस्था दुबै परिवर्तन गर्नु पर्ने आवस्यक महसुस जनताले गर्नथालीसकेका छ्न । सुकुम्बासी गरिब र मजदुरहरुले देशमा गणतन्त्रको अझै अनुभव गर्न नपायको कुरालाइ अतिथीहरुले बोल्ने क्रममा जोड दियका थिए ।
देशमा भ्रष्टाचार उच्च रुपमा फैलिएको भस्टाचार नियन्त्रण तर्फ सरकारले ध्यान नदिएको , किसानको समस्या सरकारले बुज्न नसकेको हुँदा अहिलेको सरकारले जनयुद्धका सहिदको सपना पूरा गर्न नसक्ने र पूरा नगरेको हुदा जनयुद्ध का सहिदको परिवार , घाइते , सुकुम्बासी र गरिब मजदुरको लागि सधै आवाज र आफै लड्ने कुरालाइ नेकपा क्रान्तिकारी माओवादी रहेको र सबै जनता अब जागरुप हुने कुराला अतिथि हरुले बोल्ने क्रममा बताउनु भयको जानकारी सर्लाही जिल्ला सेक्रेटरी सुमन अधिकारीले दिनु भयो ।