नवलपुरमा जनयुद्ध दिवस कार्यक्रम सम्पन्न

नवलपुरमा जनयुद्ध दिवस कार्यक्रम सम्पन्न

नवलपुर । ४ नं. प्रदेश (गण्डकी प्रदेश) अन्तर्गत नवलपुर जिल्लामा २८ औं जनयुद्ध दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
प्रदेश सदस्य तथा जिल्ला सेक्रेटरी टिकाराम काफ्ले प्रतापको अध्यक्षता र क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष यमबहादुर सोमैको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका विविएम तथा प्रदेश इन्चार्ज अनुकूलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केस तथा जिल्ला अध्यक्ष पिताम्बर तिबारी र क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष रामकुमार श्रेष्ठले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अनुकूलले महान जनयुद्ध, नेपाली नयाँ जनवादी क्रान्तिको विषयमा चर्चा गर्नुभएको थियो ।