घरबाट भागेका चार किशोरीको उद्धार

गुल्मी । घरबाट भागेका चार किशोरीको जिल्ला प्रहरी कार्यालय गुल्मीले उद्दार गरेको छ । घरबाट भागेर बुटवलतर्फ जान लागेका उनीहरुलाई विशेष सूचनाका आधारमा रेसुंगा नगरपालिका–४ स्थित जोगिथुमबाट उद्दार गरेको हो । लु १ ख ८८५५ नम्बरको बसबाट ती किशोरीहरु बुटवलतर्फ जाँदै गरेको सूचना पाएपछि सिमलटारीदेखि तम्घासतर्फ आउँदै गरेको सो बसमा प्रहरीले खोजतलास गर्दा ती किशोरी […]

नेपालमा बन्यो एशियाकै लामो र अग्लो झोलुङ्गे पुल

काठमाडौं । पर्वत जिल्लाको सदरमुकाम कुश्मा र मुडिकुवालाई जोड्न बनेको तीनसय ५९ मिटर लामो र एक सय ५७ मिटर उचाइको झोलुङ्गे पुललाई एशियाकै लामो र अग्लो भएको दावी गरिएको छ । मोदीखोलाको खोँचमा निर्माण भएको सो झोलुङ्गे पुल सिङ्गल स्पानबाट निर्माण गरिएको हो । निर्माण कम्पनी ‘मुक्तिनाथ एण्ड ओम गिता जेभि’ले स्थानीयको सहयोग र निर्माण […]

क्रान्तिकारी माओवादीको मुगुको सेक्रेटरीमा सुरबहादुर बुढा

गमगडी । नेकपा (क्रान्तिकारी माओवादी)का भेरी कर्णाली संयोजक धनजित शाही ‘आदर्श’ को प्रमुख आतिथ्यतामा हालै सम्पन्न एक भेलाले मुगु जिल्लाको पार्टी सेक्रेटरीमा सुरबहादुर बुढालाई चुनेको छ । त्यसैगरी जिल्ला सहसेक्रेटरीमा इटोल लामालाई चुनेको छ भने कार्यालय सचिवमा शेर बहादुर सेजुवाल चुनिएका छन् । जिल्ला सदस्यहरुमा क्रमशः बखत बहादुर बडुवाल, अंक बहादुर विक, जिल्लासिड बोहोरा, आङडाक […]

देजमोको संगठन विस्तार अभियान देशैभर जारी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको देशभर संगठन विस्तार अभियान जारी छ ।  नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य तथा अवध राज्य संयोजक प्रेमनाथ सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न देजमो नवलपरासी एक भेलाले वृजदेव पाण्डेको संयोजकत्वमा ३५ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ ।  पार्टीका केन्द्रीय सदस्य अशोक लम्सालको समेत […]

नोटबन्दीका विरुद्ध नेपाली एकता समाज भारत आन्दोलित

दिल्ली । नेपाली एकता समाज भारत मोदी सरकारले पाँच सय र एक हजार दरका नोटहरुमाथि प्रतिबन्ध लगाएपछि आन्दोलनमा उत्रिएको छ ।  खुल्ला सिमानाले गर्दा मौसमी काममा भारत आउने जाने नेपालीहरु ठूलो मारमा परेको भन्दै नोटबन्दी फिर्ता लिन मोदी सरकारसँग माग गरेको छ ।  समाजका महासचिव विष्णु शर्माले नोभेम्बर १९ मा निकालेको विज्ञप्तीमा भनिएको छ, ‘सरकारले […]

आज बालाचतुर्दशी, शिवालयमा सत्बीज छर्नेको भीड

काठमाडौं । आज बालाचतुर्दशी पर्व, दिवंगत आफन्तजनको आत्माको चिरशान्तिको कामना गर्दै काठमाडौंको पशुपतिनाथ क्षेत्रको श्लेषमान्तक वनसहित देशभरका शिवालयहरुमा सत्बीज छरी मनाइँदैछ । सत्वीज छर्न विहानै पाशुपत क्षेत्रमा भक्तजनको ठूलो भीड लागेको छ भने देशभरका शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । हरेक वर्ष मंसीर कृष्ण चतुर्दशीको बिहान जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो […]

बिहानै भूकम्पको शक्तिशाली झड्का, उज्यालो नहुँदै भागाभाग

काठमाडौं । सोमबार विहानै रामछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर भूकम्प गएको छ । भूकम्पको धक्का पूर्वी र मध्यनेपालमा महसुस गरिएको थियो ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले ५ बजेर २० मिनेटमा ५.६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पको कडा धक्काका कारण सर्वसाधारण घरबाहिर निस्केका थिए । 

पत्रकार कर्ण बोहराको अत्येष्टि आर्यघाटमा

काठमाडौँ । पत्रकार कर्ण बोहराको आइतबार साँझ पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ । शुक्रबार मध्यबानेश्वरस्थित भेनस अस्पतालमा निधन भएका बोहराको अन्त्येष्टि गरिएको हो । किड्नीकी रोगी श्रीमती ममता बोहरालाई मध्यवानेश्वरस्थित भेनस अस्पतालमा उपचार गराइरहेका बोहराको कुरुवा रहेको अवस्थामा अचानक निधन हुन पुगेको हो । महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले बोहराको पार्थिव शरीरमा महासङ्घको लोगो अङ्कित […]

विश्वले एक सच्चा देशभक्त मित्र गुमाएको छ : किरण

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले क्युबाली पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधनमा गहिरो दुःख प्रकट गरेका छन् । आज एक शोक वक्तव्य जारी गर्दै उनले उनको निधनले क्युबाले मात्र नभई विश्वले एक सच्चा देशभक्त मित्र गुमाएको उल्लेख गरेका छन् ।  ‘क्यास्ट्रोको नेतृत्वमा क्युबाको पुरानो सरकारलाई पल्टाएर नयाँ सरकार बनाइएको थियो […]

मध्यरातमा भएको जिप दुर्घटनामा ७ को मृत्यु, १८ घाइते

नवलपरासी । नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा शनिबारराति भएको जिप दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।  प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग १ ज ३६३२ नम्बरको जिप दुर्घटना भएको हो ।  दुर्घटनामा परी डाँडाझेरी छरछरेका २८ वर्षीय समन्ती बाचे, ५२ वर्षीय खिमबहादुर बाचे, […]