मार्चपाससहित ज्ञापन पत्र बुझाउन मुख्यमन्त्री कार्यालय पुगेका क्रान्तिकारी युवाहरुले दिए तीन महिनाभित्र माग पूरा नभए संघर्ष चर्काउने चेतावानी (फोटोफिचर)

मार्चपाससहित ज्ञापन पत्र बुझाउन मुख्यमन्त्री कार्यालय पुगेका क्रान्तिकारी युवाहरुले दिए तीन महिनाभित्र माग पूरा नभए संघर्ष चर्काउने चेतावानी (फोटोफिचर)

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपाल ३ नंं प्रदेशले आज दिउसो प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेललाई ज्ञापन पत्र बुझाएको छ । लिगका ३ नं. प्रदेशका संयोजक केशव ढलकोटीको नेतृत्वमा गएको मार्चपाससहितको युवाहरुको टोलीले मुख्यमन्त्री पौडेललाई ज्ञापन पत्र बुझाएको हो । क्रान्तिकारी युवाहरुले तीन महिनाभित्र आफ्ना माग पूरा गर्न मुख्यमन्त्रीलाई अल्टिमेटम दिएका छन् । तीन महिनाभित्र माग पूरा नगरिए सरकारका विरुद्ध संघर्ष चर्काउने समेत उनीहरुले चेतावानी दिएका छन् ।

प्राप्त जानकारी अनुसार क्रान्तिकारी युवाहरुको ज्ञापन पत्र बुझ्दै मुख्य मन्त्री पौडेलले मागहरु जायज रहेकोले सकेसम्म पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “केन्द्रीय सरकारले कानुन नबनाएको हुनाले हामीहरु बन्धनमा छौं र अन्यौलमा परेका छौं, कर्मचारीहरु विन्यास गरेर पठाइसकेको पनि छैन, जनताको सरकार हो, तपाईहरुका माग जायज छन्, पूरा गर्न सकेको प्रयास गर्छु ।”

युवाहरुका विभिन्न मागहरुलाई १० बुँदामा प्रस्तुत गरिएको ज्ञापन पत्रमा प्रदेशभरि बेरोजगार अवस्थामा रहेका युवाहरुको तथ्यांक संकलन गरी रोजगारी दिनुपर्ने, नभए बेरोजगार भत्ताको व्यवस्था गर्नुपर्ने, बैदेशिक रोजगारीमा जाने युवाहरुलाई निरुत्साहित गर्ने कार्यक्रम ल्याउनुपर्ने, बैदेशिक रोजगारीमा गएका युवाहरुको विमा शुल्क ३५ लाख पु¥याउनुपर्ने, भ्रष्ट, सामन्त, तस्करहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने, शिक्षा र स्वास्थ्यको सम्पूर्ण दायित्व राज्यले लिनुपर्ने, बढ्दो महंगी र कालोबजारी नियन्त्रण गर्नुपर्ने, समाजिक रुपमा बढ्दो असुरक्षा, हत्या, हिंसा र बलात्कारका घटना घट्ने स्थितिको अन्त्य गरिनुपर्ने लगायतका मागहरु राखिएको छ । ‘बेरोजगार युवाहरुलाई रोजगारी दे, नभए बेरोजगार भत्ता दे’ भन्ने मूल नाराका साथ बुझाएको ज्ञापन पत्रसँगै क्रान्तिकारी युवा लिगले प्रदेशभरिका १५ हजार युवाहरुको हस्ताक्षर समेत बुझाएको छ ।

मार्चपाससहित हेटौडाको बुद्धचोकदेखि मुख्यमन्त्रीको कार्यालयसम्म पुगेको युवाहरुको विरोध ¥याली ज्ञापन पत्र बुझाएर स्थानीय मानस चोकमा आई कोणसभामा परिणत भएको थियो । लिगका ३ नं. प्रदेश संयोजक ढलकोटीले सञ्चालन गरेको कोणसभालाई क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष अमीर महर्जन, लिगका ३ नं. प्रदेशका फ्र्याक्सन इन्चार्ज तथा पार्टी केस बसन्त बोगटी र केस हरिकृष्ण गजुरेलले सम्बोधन गरेका थिए ।

यसअघि क्रान्तिकारी युवा लिगले १, २ र ५ नं. प्रदेशमा युवामार्चपास सहित ज्ञापन पत्र बुझाइसकेको छ भने बाँकी प्रदेशमा पनि ज्ञापन पत्र बुझाउने तयारी गरिरहेको छ ।