बिबाद चर्किनुुपूर्व कार्यकारी ‘स्याक’

बिबाद चर्किनुुपूर्व कार्यकारी ‘स्याक’

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धकमा मदन खरेल नियुक्त भएका छन् । यसअघि वायु सेवा निगमको महाप्रवन्धकमा रहेका सुगतरत्न कंसाकार वाइड बडी विमान खरिदको बिबादमा मुछिएको थाह भएपछि उनलाई ‘स्याक’ गरेर पदीय जिम्मेवारीबाट हटाइएको छ । अवकाश पाउनु आठ महिना मात्र बाँकी रहँदा नै उनलाई यसरी जिम्मेवारीबाट हटाइएको हो ।

हाल नियुक्त मदन खरेल नेपाल वायुसेवा निगममा यस अघि पनि नेतृत्वमा रहेका थिए । कंसाकारको भूमिका अब बोर्ड सदस्यमा रहने तय गरिएको बताइएको छ ।

वाइड बडी खरिदको हिसाबकिताब मिलाउन अझैं बाकी रहँदा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी भने तत्काल महाप्रवन्धक फेर्ने पक्षमा थिएनन् । उनले एकै पटक दुईदुईवटा कार्यकारी नियुक्ति गर्न नहुने भनेर प्रम ओलीसँग अडान पनि राखेका थिए । तर माथिबाट निगाह बक्स भएपछि उनले यसलाई सदर गरेका छन् । त्यसो त अहिले भखैरै नियुक्त भएका खरेल पनि २०७० मा महाप्रबन्धकबाट राजीनामा दिएर बाहिरिएका मानिस हुन् ।

व्यक्तिगत रुपमा कर्मचारी सेटिङमा लागेका प्रधानमन्त्री ओलीले स्वेच्छाले यो फेरबदलको एजेण्डा मन्त्रिपरिषदमा लगेका थिए । विश्लेषकका अनुसार निर्मलाको हत्याराको खोजीका लागि बलेको आगोमा प्रम ओलीले कंसाकारको विवादले फ्युल खन्याउने भनेर पनि यसो गरेको बताएका छन् । गिरीजा कोइरालाको ‘लाउडा विमान’ केस निकै उचाल्ने एमाले अहिले वाइड बडी विमानमा नराम्ररी फसेको छ । यसले कंसाकारको अनुहार कलात्मक रुपमा कालो गराएको छ ।

प्रम ओली पछिल्लो पटक संख्यात्मक बहुमतको दम्भले डण्डा चलाएर हुँदैन कि के हो भन्ने सोचमा पुगेको आँकलन पनि गरिन थालिएको छ । यस अघि ‘महाप्रचण्ड’ बन्ने दाउँमा रहेका उनी हाल आएर सतर्कताका साथ कर्मचारी सेटिङमा लागेका छन् । यो भनेको कथम्कदाचित् कुर्सीबाट हात धुनु परेमा पनि आफ्ना कर्मचारी सेटिङ गरेमा जो कुर्सीमा जाला उसैलाई ढलाउन पाइने भयो । किनकि पूर्व गुटहरुको थोत्रो घर एमाले र युद्ध सरदारहरुको शेल्टर माके अझै पनि एक हुन नसक्दा विदेशी शक्तिहरुको तीव्र चलखेल सुरु भएको छ ।