कैलाली । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) कैलाली जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले पुष्कर जोशीको संयोजकत्वमा १९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । भेलाले उक्त कमिटिका सदस्यहरुमा विरेन्द्र जोशी, सृष्टी राना, रममति राना, यशोदा कपाडी, कृष्ण बिष्ट, काशी भण्डारी, धन बहादुर बोहरा, कृष्ण तामाङ, रोसन  ऐर, हर्केश  बुढा, महेश रोकाया, नवीन धामी, बिध्या राना, महेश जोशी, चूँडामणि जोशीलगायत रहेका छन् । भेलाले पछि ३ सदस्य थप गर्ने निर्णय गरेको छ । 

हार्दिक शुभकामना !

क्रान्तिकारी माओवादीका पिविएम तथा ७ नं. प्रदेश सचिव मानसिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कैलाली  इन्चार्ज  केशव साउदले अध्यक्षता गरेका थिए । भेलामा अखिल क्रान्तिकारी ७ नं. प्रदेश संयोजक रामबहादुर महरा, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य  क्षितिज, क्रान्तिकारी माओवादी  कैलाली  जिल्ला सेक्रेटरी  रुद्र कँडेल, अछाम जिल्ला सेक्रेटरी कैलाश,  कैलाली जिल्ला सदस्य  टंक कोइराला लगायतका नेताहरु अतिथिको रुपमा उपस्थित रहेका थिए ।  

पुष्करराज जोशीले सञ्चालन गरेको उक्त भेलामा रोहित महराले स्वागत मन्तव्य राखेका थिए । 

भेलालाई प्रमुख अतिथि मानसिंह, विशिष्ट अतिथि तथा विध्यार्थी नेता राम बहादुर महरा‘चिन्तक’, अतिथि तथा पार्टी केस क्षितिजलगायतले सम्बोधन गरेका थिए । 

 

प्रतिक्रिया

सम्बन्धित खवर