एसिया कपः मुस्किलले जित्यो भारतले हङकङलाई

एसिया कपः मुस्किलले जित्यो भारतले हङकङलाई

काठमाडौं, असोज ३ । जारी एसिया कपमा भारतले हङकङलाई हराउन निकै नै गाह्रो प¥यो । मंगलबार राति भएको खेलमा भारत मात्र २६ रनले विजयी बन्यो ।

भारतले दिएको २८६ रनको लक्ष्य पछ्याएको हङकङले ३४ ओभरमा विना विकेटको क्षति १७४ रन बनाएको थियो । कप्तान अंशुमान रथ र निजाकत खानले विशाल साझेदारी गरेका थिए । यो भारतको लागि निकै खतरा बनेको थियो ।

तर, ३५ औं ओभरको पहिलो बलमा कुलदिप यादवले अंशुमानको विकेट लिँदै भारतलाई खेलमा फर्काए । ३४ औं ओभरपछि हङकङले २५ रन जोड्दा ४ विकेट गुमायो ।

त्यसपछि किन्चित शाह र अजिज खानले पारी सम्हाल्न खोजे । तर, ४५ औं ओभरमा दुबै आउट भए र निर्धारित ५० ओभुरमा ८ विकेट गुमाएर २५९ रन बनाउन सक्यो । उसका लागि निजाकत खानले सर्वाधिक ९२ रन बनाए भने अंशुमान रथले ७३ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले शिखर धवनको शतकको मदतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८५ रन बनाएको थियो । उसका लागि धवनले १२७ रन बनाउँदा अक्बाती रायडूले ६० रनको योगदान दिएका थिए । बलिङ तर्फ हङकङका किन्चित शाहले ३ विकेट लिए ।