काठमाडौं । क्रन्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य परी थापाले नेपालमा आजसम्मका शासकहरू सबै फासीवादी भएको र पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानयताका कुनै पनि सरकार आदिवासी जनजाती मैत्री नभएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, अहिलेको शासक त झन् बाह्य रूपमा लोकप्रियतावाद, भित्री रूप व्यक्तिवाद त्यो विकास हुँदै गएर आत्ममुक्ततावादमा पतन हुने हो । त्यो अहिल्यै देखा परिसकेको छ ।
उहाँले नेपाल अहिले नवउपनिवेशमा गैसकेको उदाहरण एमसीसीलाई व्याख्यात्मक टिप्पणीको नाटक मञ्चन गरी नीतिगत तहबाटै पारित गर्नुले स्पष्ट भइसकेको बताउनु हुँदै अहिलेको सरकारको दैनिकी भनेकै चर्को भन्सार कर, बजार भ्याट, उत्पादन शुन्य, महँगो भान्सा बनाउनु भएको बताउनु भयो ।
राष्ट्रियताको सवालको प्रश्न नेपालमा सामन्त महासामन्तहरुले संगीत साहित्य मार्फत जटिल बनाइदिएको चर्चा गर्दै उहाँले पराजित मोर्चाहरूलाई समेत अपराजित जसरी व्याख्या गरियो र पराजित सैन्य टूकूडि शत्रु मोर्चामा सामेल भएर लडेको इतिहासलाई सारै भद्दा तरिकाले राष्ट्रवादी जामा पहिर्याइदिएर राष्ट्रियताप्रतिको बुझाईलाई नै भ्रमित बनाईदिएको व्याख्या गर्नुभयो । ललितपुरको कुपण्डोलस्थित सातो आकी स्मृति भवनको हलमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका टिप्पणीकार थापाले उक्त धारणा व्यक्त गुर्नभएपछि अर्का टिप्पणीकार नेपाल राष्टिय प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष प्राडा जगदीशचन्द्र भण्डारीले निर्वाचित फासीवादले चौतर्फी आतंक मच्चाइरहेको समयमै यो अन्तरक्रिया राख्नु ठीक र सही समय टिप्पणी गर्नुभयो । उहाँले यसलाई अझ फराकिलो बनाएर आम आदीवासी जनजातीहरुको घर दैलोसम्म पुग्न पर्ने धारणा व्यक्त गर्दै सामन्तवादीहरू इतिहासको एउटा कालखण्डमा राष्ट्रप्रेमी जस्तो देखिएता पनि खास राष्ट्रवादी नभएको दावी गर्नुभयो । उहाँले देश बचाउन ,राष्ट्र जोगाउन आदिवासी जनजाति समुदायले मात्रै सक्ने भएकोले सबै देशभक्तहरुसंग मिलेर देशभक्तिपूर्ण आन्दोलनको नेतत्व गर्नुपर्ने बताउनु भयो ।
अर्का टिप्पणीकार नेवाः अधिकार अभियन्ता डा महेश मान श्रेष्ठले महासंघका संयोजक पवनमान श्रेष्ठले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै अहिलेको सन्दर्भमा कार्यपत्र ठीक रहेको बताउनु भयो । उहाँले यसलाई व्यापक छलफल बहस गरेर सबै आदिवासी जनजातिको साझा मुद्दा बनाउनु पर्नेमा जोड दिँदै आजसम्म राजनीतिक पार्टीले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नेतिर लाग्दै नलागेको शुद्व भोट बैंकको रूपमा प्रयोग गर्दै आएकोले अब आदिवासी जनजाति समुदायले आफ्नै राजनीतिक पार्टी पो बनाउन पर्छ की भन्ने बोध हुने गरेको पनि सुनाउनु भयो ।
त्यसैगरी अर्का टिप्पणीकार डा कृष्ण भट्टचनले प्रतिवेदन खासै गलत नभएको तर लेलिन् स्टालिन माओका कुरा गरेर मात्रै नहुँने भन्दै शुद्व आदिवासी जनजातिहरू आफै सक्षम् हुनुपर्ने बताउनु भयो । प्रचण्ड बावुरामबाट आजित भएर जनजाति आन्दोलनमा लाग्नु भएको पो हो की भन्ने संशय व्यक्त गर्दै कूनै वाद को पछि लागेर आदिवासी जनजातिहरूले अधिकार नपाउने जिकिर गर्दै आदिवासी जनजातिवादकै वकालत गर्नुभएको थियो ।
अतन्तर्क्रिया कार्यक्रममा अखिल नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय समिति संयोजक पवनमान श्रेष्ठको अध्यक्षतामा आयोजित सो कार्यक्रममा बालेन सरकार र आदीवासी जनजाति अधिकारमा यसले पार्ने प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र स्वयं संयोजक पवन मान श्रेष्ठ ले प्रस्तुत गर्नु भएको थियो।
अन्तिममा टिप्पणीकारहरुलाई सहभागीहरूले प्रश्न सोध्ने र सोधेको प्रश्नहरूको जवाफ टिप्पणीकार हरुबाट दिने काम भएको थियो। कार्यक्रमका सभापति तथा कार्यपत्र प्रस्तोता पवनमान श्रेष्ठले सबै टिप्पणीकार सहभागीहरूका सल्लाह, सुझाव र जिज्ञास हरूलाई संश्लेषण गर्दै महत्वपूर्ण धारणाहरूलाई समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमलाई सञ्चालन केन्द्रिय कार्यालय सदस्य भरत बुर्जा मगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य अर्का कार्यालय सदस्य फुर्नाम्गेल मोक्तानले गर्नु भएको थियो।




























