क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चितवन निवासी पार्वती रिजालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘चितवन जिल्ला रत्ननगर नगरपालिका बछ्यौली निवासी पार्वती रिजालको हिजो असार ६ गते साँझ ६ः३० बजे ९५ वर्षको उमेरमा दुःखद निधन भएको छ । उहाँ हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य कुलप्रसाद रिजालकी ममतामयी आमा हुनुहुन्थ्यो । उहाँका ३ छोरा ३ बुहारी, ८ नाति र ६ नातिनीहरु हुनुहुन्छ । उहाँको निधनबाट पार्टीले एकजना असल शुभचिन्तक र परिवारले कुशल अभिभावक गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी पार्वती रिजालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, कमरेड कुलप्रसाद रिजाल लगायत सम्पूर्ण शोकाकूल परिवार, मृतक पार्वती रिजालका साथी–संगिनी तथा शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।’

Parbati Rijal