वल्र्डलिंकको इन्टरनेट फरर, विदेश सरर नयाँ ग्राहक योजना

वल्र्डलिंकको इन्टरनेट फरर, विदेश सरर नयाँ ग्राहक योजना

काठमाडौं, असोज २ । वल्र्डलिंक कम्युनिकेसन्सले नजिकै आउँदै गरेको नेपालीहरुको महान् चाड दसैं–तिहारलाई लक्षित गरी इन्टरनेट फरर, विदेश सरर नामक ग्राहक योजना ल्याएको छ ।

यस योजनामा वल्र्डलिंकको इन्टरनेट जोड्ने २३ जना भाग्यशाली जोडीले पेरिस, थाइल्यान्ड, सिंगापुर, दुबई, बाली र मलेसियालगायतकका सहरहरूको भ्रमण गर्ने अबसर पाउने कम्पनीले जनाएको छ । वल्र्डलिंक कम्युनिकेसन्सले २३ औं वर्ष पूरा गरेको खुसियालीमा ती भाग्यशाली विजेताहरूलाई उपहार स्वरूप भ्रमणको अवसर प्रदान गर्न लागेको जनाएको छ ।

यसै अवसरमा वल्र्डलिंकको इन्टरनेट खरिद वा नविकरण गर्दा समेत भारी छुट पाउने छ । नयाँ इन्टरनेट जोड्दा र नविकरण गर्दा ग्राहकले एक वर्षको शुल्क भुक्तानी गरे ४० प्रतिशत छुटसमेत पाउने कम्पनीले जनाएको छ । यसरी इन्टरनेट जोड्दा ग्राहकले छुटसँगै निःशुल्क सेट अपबक्ससहित १२ महिना नेटटिभी (आईपी टिभी) प्राप्त गर्नेछन् । कम्पनीका देशभर २ लाख ४० हजारभन्दा बढी ग्राहक छन् ।