काठमाडौं, असोज २ । देशको राजधानी काठमाडौंमा फेरि एक किशोरी बलात्कृत भएकी छिन् । राजधानीको कलंकीस्थित एक होटलमा उनी माथि सामुहिक बलात्कार भएको हो । उनलाई प्रहरीले सोमबार होटलबाट उद्धार गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालीमाटीले युवती हराएको निवेदनपछि खोजतलास गर्दा ती युवतीलाई होटलमा भेटिएको थियो । प्रहरीले सो घटनामा संलग्न तीन जनालाई पक्राउ गरिसकेको छ ।

२१ वर्षीया ती युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा नुवाकोट रालुकादेवी गाउँपालिका घर भई हाल कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका मजुवा बस्ने ३३ वर्षीय सूर्य राना र भीमढुङ्गा नर्सरीमा होटल सञ्चालन गर्ने ४० वर्षीय रामकृष्ण नगरकोटी रहेका छन् ।

नागार्जुन नगरपालिका हसनटार बस्ने २१ वर्षीया युवतीलाई उनीहरुले ललाई फकाई गरी रामकृष्ण नगरकोटीले सञ्चालन गरेको होटलमा जवरजस्ती करणी गरेको बताइएको छ ।

ती महिला सोमबार स्यूचाटारबाट हराएकी भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नगरकोटीको होटलमा उनलाई फेला पारेको थियो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर