भोटेकोशीले तातोपानीका १५ घर, २ टिप्पर र बेलिब्रिज बगायो

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा मंगलबार एक्कासि आएको बाढीले तातोपानी गाविसमा १५ घर बगाएको छ छ । वर्षाले बाह्रबिसे–तातोपानी सडकखण्डलाई क्षति पु¥याएको छ । मंगलबार राति १० बजे एक्कासि नदीमा बाढी आएपछि लिपिङस्थित भन्सार यार्डमा राखिएका दुईवटा टिपर बगााउनुका साथै मध्य भोटेकोसी आयोजनाले बनाएको एउटा बेलीब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताए । नदीमा […]

बीपीपुत्र सशांक आईसीयूमा

काठमाडौं । कांग्रेस महामन्त्री सशांक कोइराला एक्कासी विरामी भएपछि अस्पतालमा भर्ना गरिएको छ । मगलबार रातिदेखि अस्वस्थ भएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो । उनको आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ । अचानक असजिलो भएपछि ओम अस्पताल पुगेका महामन्त्री कोइरालाको रक्तचाप केही न्युन रहेको देखिएपछि अस्पताल भर्ना गरिएको थियो । कोइरालाको स्वास्थ अवस्थाबारे जानकारी […]

इस्लाम धर्मावलम्बीको महान चाड इद आज, सार्वजनिक विदा भोलि

असार । इस्लाम धर्मावलम्बीको महान चाड इद भोलि (बिहीबार) मनाइने भएको छ । बुधबार बिहान इद मनाउने तयारी गरेपनि मंगलबार बेलुका चन्द्रमा नदेखिएकाले बिहीबार मात्रै इद मनाउन लागिएको हो । इदको अवसरमा सरकारले बुधबार इद नभएकाले सार्वजनिक बिदा नभएको जनाएको छ । सरकारले मुस्लिम समुदायले चन्द्रमा देखियो भनेर निवेदन दिएपछि मात्र गृह मन्त्रालयले सार्वजनिक बिदाको […]

ठोस निर्णयबिना सकियो नेपाल–भारत प्रबुद्ध समूहको बैठक

काठमाडौं । नेपाल–भारतबीच गठित प्रबुद्ध समूहको पहिलो बैठकमा दुई देशकाबीच सन् १९५० मा भएको सन्धिदेखिका सन्धि सम्झौतालगायतका द्विपक्षीय विषय पुनरावलोकन गर्नेबारेमा छलफल भएको छ । सन्धि पुनरावलोकन गर्नुपर्नेबारेमा नेपाल समूहबाट राखेको प्रस्तावमा भारतीय समूह छलफलमा गर्न तत्पर भए पनि त्यसबारे भने तीन महिनापछि दिल्लीमा पुनः छलफल गरिने भएको छ । नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन […]

पहिरोमा पुरिएका ६ मध्ये तीन जनाको मृत्यु

गोरखा । उत्तरी गोरखाको दुर्गम केरौंजा गाविस–३ स्थित केरौंजाबेँसीमा पहिरोमा पुरिएका ६ जना मध्ये तीन जनाको मृत्इु भएको छ । फलिम्पुमा गोरेटो बाटो गएका बेला उनीहरु पहिरोमा पुरिएका थिए । पहिरोमा परि मृत्यु हुनेमा केरौंजा–३ का १५ वर्षीय सन्दीप घले, ३० वर्षीया चीनमाया गुरुङ र ४५ वर्षीया कान्छीमाया तामाङ रहेका छन् । पहिरोमा परेका केरौंजा–४ […]

आपूर्ति मन्त्री गणेशमान पुनमाथि तरकारी व्यापारीहरुद्वारा आक्रमण

काठमाडौं — बल्खु तरकारी बजारमा पुगेको आपूर्ति मन्त्री गणेशमान पुन सहितको सरकारी अनुगमन टोलीमाथि तरकारी व्यापारीहरुले आक्रमण गरेका छन् । व्यापारीहरुले प्रयोग गरेको ढक तराजू दर्ता भए नभएको अध्ययन गर्न गएको टोलीमाथि व्यापारीहरुले इट्टा, लौका तथा मुलाले आक्रमण गरेका हुन् । आपूर्ति व्यवस्था विभाग, नापतौल तथा गुणस्तर विभाग, सुरक्षा निकाय तथा पत्रकारसहितको टोली कालिमाटी तरकारी […]

३७ वर्ष सम्म सरकारी जागिर खाँदा एकै पटक एक लाख समात्न पाएको थिइन(अलैँची खेती)

पाँचथर, २१ असार । शिक्षण पेशामा ३७ वर्ष संलग्न रहेर अनिवार्य अवकास पाएका ताप्लेजुङको हाङ्पाङका जनार्दन प्रसाईले यो बर्ष करिव एक लाख ५० हजार बढि अलैँचीको बिरुवा उत्पादन गरी बिक्री गरेका छन् । २०५८ सालमा जागिरबाट बाहिरिएपछि घर छेउमा रहेको आफ्नै १३ रोपनी क्षेत्रफलको जग्गामा २०७० सालमा नर्सरी सुरु गरी यो वर्ष बिरुवा विक्री गरेका […]

पहिरोले घर बगाउँदा एकै घरका ५ जनाको मृत्यु

प्यूठान । पहिरोले घर बगाउँदा प्युठानमा एकै घरका ५ जनाको मृत्यु भएको छ । प्युठानको रजवारा–३ नेटामा सोमवार रातीको पहिरोले स्थानीय दुर्गाबहादुर मल्लको घर बगाउदा उनीसहित तीन छोरी र श्रीमतीको घटनास्थलमै मृत्यु भएको मृत्यु भएको स्थानीयवासीले जानकारी दिए ।  अन्दाजी ४५ वर्षीय दुर्गा मल्ल, ४० वर्षीया श्रीमती सीता मल्ल , १० वर्षकी छोरी सुशीला, ७ […]

प्रहरीका पाँच एसपीको बढुवा

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी उपरिक्षक (एसपी) प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) मा बढुवा भएका छन् । बढुवा समितिले नेपाल प्रहरीका पाँच एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो । समितिको सोमबारको निर्णय अनुसार बरियताको तेस्रो नम्बरमा रहेका ठाकुरप्रसाद ज्ञवाली पहिलो नम्बरमा बढुवा भएका छन् भने बरियताको पहिलो नम्बरमा रहेका तारिणी लम्साल दोश्रो नम्बरमा सिफारिस भएका […]

ओली सरकार ढले संसद विघटन गरी निर्वाचनः बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण बिजुक्छेंले एमाले नेतृत्वको सरकार परिवर्तन गरी नयाँ सरकार गठन गरिए संसद विघटन गरी निर्वाचन हुने बताएका छन् । भक्तपुरमा रफत सञ्चार क्लवले सोमबार गरेको साक्षात्कारमा उनले ओली सरकार परिवर्तन गरिए संसद विघटन भइ निर्वाचन हुने बताए । उनले भारतीय डिजाइनमा अहिले सरकार परिवर्तन गर्न खोजिएको आरोप लगाए […]