पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संगठनमा कास्की जिल्लाका सुकुम्बासीहरु संगठित हुने क्रम बढ्दो छ । क्रान्तिकारी माओवादीको जारी तीन महिने संगठन विस्तार अभियान अन्तर्गत जिल्लाका सुकुम्बासीहरु धमाधम क्रान्तिकारी सुकुम्बासी संगठनमा संगठित भएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका ४ नं. प्रदेश संयोजक केशबहादुर परियारले दिएको जानकारी अनुसार हालै सम्पन्न भएका भेलाहरुले पोखरा लेखनाथ महानगरका विभिन्न वडाहरुमा सुकुम्बासीहरु संगठित भएका हुन् ।
प्राप्त समाचार अनुसार पोखरालेखनाथ महानगर वडा नं. १४ को भोटेचौतारामा इकाई समिति गठन भएको छ । चन्द्रवति सिलवाल संयोजक र राज पुन सहसंयोजक रहेको इकाई समितिका सदस्यहरुमा श्रृजना पोख्रेल, रेल कुमारी श्रेष्ठ, सोनु वि.क., रत्न विक्रम शाहशंकर, ज्ञानिमाया परियार, तुलसी वि.क., हाइ वहादुर सुनार र इन्दिरा परियार रहनु भएको छ । उक्त अवसरमा सुकुम्बासी मोर्चा कास्की जिल्ला इन्चार्ज भोजराज त्रिपाठी, अखिल नेपाल मजदुर संगठन (क्रान्तिकारी) का केन्द्रिय सदस्य कर्ण वहादुर पुन, अनेमसंघ केन्द्रिय सदस्यहरु कल्पना थापा, तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय सदस्य टेकवहादुर गुरुङ्ग, सुकुम्बासी मोर्चा कास्की जिल्ला संयोजक संजय कार्की लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता मिरा वि.क. र सञ्चालन उर्मिलाले गर्नु भएको थियो ।
त्यसैगरी पोखरालेखनाथ महानगर वडा नं. २५ को हेम्जामा इकाई समिति गठन भएको छ । अध्यक्ष— मनमाया घर्ति, उपाध्यक्ष— राम वहादर वि.क., सचिव—सुनिल नेपाली, कोषाध्यक्ष—हिरा वि.क., सदस्यहरु राम प्यारी परियार, तिल कमारी श्रीपाली, दिल कुमारी रोक्का मगर, बुद्धिसरा पुन र दिल माया रोक्का मगर रहनु भएको छ । सुकुम्बासी मोर्चा कास्की जिल्ला इन्चार्ज भोजराज त्रिपाठीको विषेश उपस्थिती रहेको उक्त कार्यक्रमको अध्यक्षता जाल वहादुर विश्वकर्मा, स्वागत ज्योती सुनार सञ्चालन उर्मिलाले गर्नु भएको थियो ।
त्यस्तै पोखरालेखनाथ महानगर वडा नं. ३३ को भरतपोखरीमा इकाई समिति गठन भएको छ । राजकुमार सुनार संयोजक र तपसिल तामाङ्ग सहसंयोजक रहेको इकाई समितिका सदस्यहरुमा प्रेमराज मश्राङ्गी, कमला गुरुङ्ग, अमृत बस्याल, अविनास बस्नेत, बिमल श्रेष्ठ, पार्वती बडुवाल र मान वहादुर गुरुङ्ग रहनु भएको छ । सुकुम्बासी मोर्चा कास्की जिल्ला इन्चार्ज भोजराज त्रिपाठी, अनेमसंघ केन्द्रिय सदस्यहरु कल्पना थापाको विषेश उपस्थिती रहेको उक्त कार्यक्रमको अध्यक्षता तपसिल तामाङ्ग, स्वागत प्रेमराज मश्राङ्गी, सञ्चालन राजकुमार सुनारले गर्नु भएको थियो ।
प्राप्त समाचार अनुसार पोखरालेखनाथ महानगर वडा नं. ५ को पस्र्याङ्गमा इकाई समिति गठन भएको छ । देउकुमार वि.क. संयोजक र तारानाथ थापा मगर सहसंयोजक रहेको इकाई समितिका सदस्यहरुमा रिता वि.क., सपना वि.क., पुर्ण वहादुर कार्की, सुरेश थापा मगर, होम श्रीसमगर, राजकुमार वि.क., तिलकुमारी वि.क. र लक्ष्मी वि.क. रहनु भएको छ । सुकुम्बासी मोर्चा कास्की जिल्ला इन्चार्ज भोजराज त्रिपाठी, अनेमसंघ केन्द्रिय सदस्यहरु कल्पना थापा, अखिल नेपाल मजदुर संगठन (क्रान्तिकारी) का केन्द्रिय सदस्य कर्ण वहादुर पुन, अनेमसंघ जिल्ला अध्यक्ष उर्मिला श्रीस, सचिव धनमाया थापा, नेपाल दलित मुक्ति मोर्चा कास्की जिल्ला संयोजक राजकुमार सुनारको विषेश उपस्थिती रहेको उक्त कार्यक्रमको अध्यक्षता जाल वहादुर रसाइली स्वागत कुलवहादुर विश्वकमा र सञ्चालन बाबुराम मिझारले गर्नु भएको थियो ।
त्यसैगरी पोखरालेखनाथ महानगर वडा नं. ११ को फूलवारीमा इकाई समिति गठन भएको छ । रुपा सुनार संयोजक र दिल कुमारी सुनार सहसंयोजक रहेको इकाई समितिका सदस्यहरुमा कृपा रसाइली, रेजीना गोतामे, हिरा लाल सुनार, भले सुनार, प्रिया नेपाली र बिना नेपाली रहनु भएको छ । सुकुम्बासी मोर्चा कास्की जिल्ला इन्चार्ज भोजराज त्रिपाठी, अनेमसंघ केन्द्रिय सदस्यहरु कल्पना थापा, अखिल नेपाल मजदुर संगठन (क्रान्तिकारी) का केन्द्रिय सदस्य कर्ण वहादुर पुन, अनेमसंघ जिल्ला अध्यक्ष उर्मिला श्रीस, सचिव धनमाया थापा, नेपाल दलित मुक्ति मोर्चा कास्की जिल्ला संयोजक राजकुमार सुनार, क्रान्तिकारी युवा लिग नेपाल कास्की जिल्ला संयोजक कुलवहादुर विश्वकर्मा, नेपाल दलित मुक्ति मोर्चा कास्की जिल्ला सदस्य बाबुराम मिझारको उपस्थिती रहेको उक्त कार्यक्रमको अध्यक्षता रुपा सुनार र सञ्चालन उर्मिलाले गर्नु भएको थियो ।