काठमाडौं । क्रान्तिकारी युवा लिग, नेपाल काठमाडौंको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । पार्टी कार्यालय बुद्धनगरमा सम्पन्न भेलाले असल वाइवाको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । समितिमा कीर्ति राई, नवराज भुजेल, दर्शन शर्मा, नविन खत्री, सुरेश तामाङ, लक्ष्मण आले, विक्रम अमात्य, दिलकुमार कार्की, विकास के.सी., हेमन्तजङ्ग मोक्तान, प्रदिप रेग्मी, राधाकृष्ण थापा सहित ५ सदस्य पछि थप्ने गरी समिति निर्माण गरिएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौं जिल्ला इञ्चार्ज सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष अमीर महर्जनको विशेष आतिथ्यता रहेको थियो । भेलामा काठमाडौं जिल्ला सेक्रेटरी सरु, देशभक्त जनगणताान्त्रिक मोर्चा, नेपालका सचिवालय सदस्य हरिकृष्ण गजुरेल, लिगको ३ नं प्रदेश संयोजक केशब न्यौपाने सहित इलाका इञ्चार्ज र सेक्रेटरीहरु अतिथिको रुपमा उपस्थिति रहेका थिए । सुरेश तामाङले सञ्चालन गरेको भेलाको असल वाइवाले अध्यक्षता गरेका थिए ।