केसीसँग वार्ता गर्न सरकार समिति बनायो

काठमाडौं । सरकारले अनसनरत ११ दिनदेखि शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति बनाएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा, स्वास्थ्य र मन्त्रिपरिषद कार्यालयका सचिव रहेको समिति बनाएको हो। समितिले डा.केसीको मागको बारेमा तत्काल वार्ता शुरु गर्ने भएको छ ।

संघीय गठबन्धनद्वारा देशव्यापी अन्तरक्रिया कार्यक्रम सार्वजनिक

काठमाडौं । सङघीय गठबन्धनले तेस्रो चरणको कार्यक्रम सम्पन्न गरेपछि त्यसको समापन लगत्तै देशव्यापी अन्तरक्रिया कार्यक्रमको घोषणा गरेको छ । साउन र भदौ गरी दुई महिनाभित्र देशभरका १० स्थानहरुमा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिने तालिकासहित सङघीय गठबन्धनका प्रवक्ता प्रा.डा. ओम गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा जानाइएको छ । गठबन्धनले काठमाडौं, कैलाली, दाङ, रुपन्देही, मकवानपुर, रौतहट, महोत्तरी, सुनसरी, झापा […]

मोहना नदीमा डल्फिन ढलक्क ढल्किँदा

कैलाली । मोहना नदीमा डल्फिन गणनाको काम सम्पन्न भइसकेको छ । कैलाली जिल्लामा रहेको मोहना नदीमा पहिले निकै देखिने डल्फिन एकदुई वर्षको अबधिमा निकै कम देखा परे पनि यसपाली भने ठूलो मात्रामा देखा परेका छन् । डल्फिनको बाक्लो चलखेल देखेपछि मोहना नदी वरपरका वासिन्दाहरुले यसबारेमा निकै चर्चा र परिचर्चा गरे । यसैबाट उत्साहित भएर महेन्द्र […]

लुजियाना गोलिकाण्डको पाठ के ?

अमेरिकाको लुजियानामा भएकोे तीनजना प्रहरीमाथिको गोली प्रहार र तिनको मृत्युले अमेरिकीहरुमाझ धेरै बहस ल्याएको छ । यो बहसले राष्ट्रपतीय निर्वाचनलाई समेत असर पार्ने संभावना बढेर गएको छ । राष्ट्रपति निर्वाचनका उम्मेदवारहरु हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प यस घटनाको बारेमा परस्पर विरोधी मतहरु सार्वजनिक गरिरहेका छन् । यो घटना ब्याटन रगमा एकजना अश्वेत नागरिकलाई श्वेत प्रहरीहरुले […]

केसीको पक्षमा अमेरिकामा प्रदर्शन

काठमाडौं । बरिष्ठ चिकित्सक डा. गोबिन्द केसीको अनसनको विरुद्धमा काठमाडौंमै चिकित्सकहरुले प्रदर्शन गरिरहँदा अमेरिकामा रहेका नेपालीहरुले केसीको पक्षमा प्रदर्शन गरका छन् । चिकित्सा क्षेत्रका विसंगति अन्त्यको माग गर्दै केसी आठौं पटक आमरण अनसन बसेका छन् । भ्रष्टाचारको विरुद्धमा भएको केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै अमेरिकाको बोस्टर्न क्षेत्रमा बस्ने नेपालीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुलाई अमेरिकीहरुले पनि […]

स्मार्ट कार्ड निर्माणका लागि फ्रान्सेली कम्पनीसँग ठेक्का सम्झौता

काठमाडौं । नागरिकताको समेत काम गर्ने भनिएको राष्ट्रिय परिचयपत्र निर्माण अन्योलका माझ ठेक्का सम्झौता भएको छ । ८० लाख डलर लागत अनुमान गरेर आह्वान गरेको टेन्डर प्रक्रियामा ६ वटा कम्पनीले चासो राखेपनि फ्रान्सेली कम्पनी मार्फो सफरानले सबैभन्दा कम रकम ४८ लाख ७९ हजार डलरको कबोल गरेपछि स्मार्ट कार्ड निर्माण गर्नका लागि ठेक्का सम्झौता भएको राष्ट्रिय […]

केसीको अनसनमा गढेको युवा आँखा

आठौं पटक आमरण अनसनमा बसेका डा. के.सी. का बारेमा राम्रा नराम्रा टीकाटिप्पणीहरु उठेका पनि छन् । तर उनी ढुक्कताका साथ बसेका छन् अनसनमा । उनी मनिस हुन्, उनको पनि हाम्रो जस्तै शरीर छ, भावना छ र विचार पनि । व्यक्तिगत रुपमा उनले कुनै मेडिकल कलेज खोल्ने, कतैबाट कमिसन खाने र लाभ लिने जस्ता केही कतै […]

पौडेललाई प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव

काठमाडौं । आफ्नो सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई धोका दिएको भन्दै ओलीले दाहाललाई प्रधानमन्त्री नबनाउने दाउमा कांग्रेस फुटाउने प्रयत्न गरेका छन् । तर ओलीले बुधबार टेलिफोनमार्फत् गरेको त्यस्तो प्रस्ताव आफूलाई पौडेलले अस्वीकार गरिदिएका छन् । […]

भूकम्पपीडितलाई दुई प्रतिशतमा कर्जा

काठमाडौं । भूकम्पपीडितलाई घर निर्माणका लागि दुई प्रतिशतसम्मको ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने र त्यस्ता बैंक तथा वित्तीय संस्थालाई शून्य प्रतिशत ब्याजदरमा पुनःकर्जा प्रदान गर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ । राष्ट्र बैंकले विहीबार जारी गरेको मौद्रिक नीतिमा वित्तीय संस्थाले भूकम्पपीडितलाई घर निर्माणका लागि दुई प्रतिशतसम्मको ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने र त्यस्ता बैंक तथा वित्तीय संस्थालाई शून्य […]

कृषि र ऊर्जामा १५ प्रतिशत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी ब्यवस्था

काठमाडौं । नयाँ मौद्रिक नीतिले कृषि तथा जलविद्युत् क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा लगानी गर्नेपर्ने बाध्यकारी व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको नीतिमा हाल कायम रहेको कुल १२ प्रतिशत कर्जालाई परिमार्जन गरेर १५ प्रतिशत बनाएको हो । यसले सरकारले लक्ष्य गरेको कृषि तथा ऊर्जा क्षेत्रमा थप लगानी तथा अवसर खोज्ने योजनालाई […]