मदनकृष्ण पत्नी यशोदाको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार

मदनकृष्ण पत्नी यशोदाको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार

काठमाडौं, चैत २० । मह जोडीको मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको मंगलबार पशुपतिस्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । ६७ वर्षीया श्रेष्ठ सोमबार राति पौने ११ बजे निधन भएको थियो ।


विगत ८ बर्ष देखि क्यान्सर पीडित श्रेष्ठको हरिसिद्धिस्थित क्यान्सर अस्पतामानै निधन भएको थियो । उनलाई श्रद्धाञ्जली अर्पण गर्न कलाकार तथा आफन्तजन पुगेका थिए ।