क्रान्तिका निम्ति ‘तीन जादुगरी हतियार’ अनिवार्य : वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले नयाँ जनवादी क्रान्तिका लागि तीन जादुगरी हतियार हतियार अनिवार्य रहेको बताएका छन् । प्रविधिको विकाससँगै फौजी कार्यदिशालाई समृद्ध गर्ने बताउँदै आएको क्रान्तिकारी माओवादीका अध्यक्ष बैद्यले क्रान्तिका लागि तीन जादुगरी हतियार अनिवार्य रहको बताएका हुन् । पार्टी, सेना र संयुक्त मोर्चालाई क्रान्तिकारी माओवादीले क्रान्तिका तीन जादुगरी हतियारको […]

माओवादी केन्द्रबाट पाँच मन्त्री र चार राज्यमन्त्री थपिए

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट आइतबार पाँच मन्त्री र चार राज्यमन्त्री थप गरिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रिपरिषद् १८ सदस्यीय भएको छ । राष्ट्रपति भवन शितल निवासमा आइतबार अपरान्ह अयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी थिइन् भने अन्य चार राज्यमन्त्रीलाई प्रधानमन्त्री दाहालले सिंहदरबारमै सपथ […]

सद्भावनाका सहअध्यक्ष कुशवाह पार्टीबाट निश्कासित

काठमाडौं । महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सदभावना पार्टीका सहअध्यक्ष रामचन्द्र कुशवाहा पार्टीबाट निष्कासित भएका छन् । पार्टी हित विपरीत कार्य गरेको भन्दै तमसपाले कुशवाहालाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेको हो ।  कुश्वाहाले पार्टी र पार्टी आवद्ध रहेको मोर्चाको हित बिपरित कार्य गरेकाले उनलाई पार्टीबाट निष्कासन गरिएको अध्यक्ष यादवले शनिवार बिज्ञप्तिमार्फत जानकारी दिएका छन् ।  […]

दाहालको दूत बनेर निधी भारत र महरा चीन जाने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालको दूत बनेर दुई उपप्रधानमन्त्री चीन र भारत जाने भएका छन् । प्रम दाहालको भारत भ्रमणको तयारीका लागि विमलेन्द्र निधीलाई दिल्ली पठाउने मन्त्रिपरिषद्को विहीबारको बैठकले निर्णय गरेको हो । नयाँ सरकार गठन र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन तथा चिनिया राष्ट्रपतिको नेपाल भ्रमणबारे अधिकारिक सन्देश लिन उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने […]

जथाभावी बाटो विस्तार गर्दा काभ्रेमा झडप

काभ्रे । ठेकदारसहित सम्बन्धित निकायले काभ्रेको रयालेमा स्थानीयबासीसँग छलफल नगरी नम्बरी जग्गा मिचेर विनाक्षतिपूर्ति बाटो विस्तार गरेपछि स्थानीय युवासँग झडप भएको छ । स्थानीयमाथि ठेकदार मुकेश पन्त र प्राविधिक विनोदसहित कामदारहरु प्रयोग गरेर स्थानीय युवामाथि हातपात गर्न खोजेपछि झडप भएको थियो । झडप लगत्तै घटनास्थल पुगेको असई कमल पाण्डे नेतृत्वको प्रहरी टोलीले स्थानीय युवा तेम्बा […]

चापागाईको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति

चितवन । अखिल (क्रान्तिकारी) जिल्ला कार्यसमिति चितवनको विस्तारीत बैठकले पुनः अमृत चापागाईको नेतृत्वमा २५ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको छ । बैठकले सचिवमा अमित सापकोटा र कोषाध्यक्षमा अर्जुन बिष्ट चयन गरेको छ । नेकपा (क्रन्तिकारी माओवादी) चितवन जिल्ला सचिव तथा अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष सुरेश गौतमको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा पार्टीका केन्द्रिय […]

बाँदरझुलाबासीहरु भन्छन्– सरकारले हामीलाई देश भित्रै शरणार्थी बनाउन खोज्दैछ

चितवन । बाँदरझुला बस्तीमा २०१८ सालदेखि नेपाली सीमा, वन र वन्यजन्तुको सुरक्षा गर्दै आएका बाँदरझुलाका बासिन्दाहरुले अहिले सरकारले विभिन्न बाहानामा शरणार्थी बनाउन खोजेको जनाएका छन् । अहिले बाँदरझुलामा ५ सय ५० घरधुरीमा ४ हजारको हाराहारीमा सुकुम्बासीहरु रहेका छन् । २०४७ सालबाट मकवानपुर, पर्सा,लमजुङ्ग,तनहु लगायत जिल्लाहरुबाट सुकुम्वासीहरु आई बसोवास गर्न थालेको बाँदरझुला बस्ती व्यवस्थापन समितिले जनाएको […]

पत्रकार रञ्जितकारलाई पितृशोक, क्रान्तिकारी पत्रकार महासंघद्वारा शोक व्यक्त

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघकी कोषाध्यक्ष अमिरमैया रञ्जितकारलाई पितृशोक परेको छ । उनका बाबु नारायण प्रसाद रञ्जितकारको बुधबार बिहान तीन बजे उपचारका क्रममा काठमाडौं मोडल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको आजै अन्तिम संस्कार गरिएको छ ।  यसैबीच क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समितिले एक विज्ञप्ती जारी गर्दै रञ्जितकारको निधनप्रति दुःख व्यक्त गरेको छ […]

हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ। सरकारले फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तत्कालीन हवाई विभागका महानिर्देशक हरिभक्त श्रेष्ठको अध्यक्षतामा चार सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिका सदस्यमा नेपाली सेनाका प्रमुख सेनानी तथा हेलिकप्टर पाइलट सुवास थापा र सिम्रिक एयरका इन्जिनियरिङ निर्देशक विष्णु बस्न्यात सदस्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य सदस्यसचिव रहेका संस्कृति, […]

अध्यक्ष किरणले गरे १२ बुँदेसँगै भएका खतरनाक सहमतिको खुलासा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र संसदवादबाट बाहिर निस्कन नसक्ने ठोकुवा गरेका छन् ।  क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समितिको सोमबार कुपण्डोलमा भएको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले प्रचण्डले दिल्लीमा भएको १२ बुँदै सहमतिकै क्रममा संसदवादभन्दा दायाँबायाँ नगर्ने सहमति गरेकाले अब उनीबाट क्रान्तिको आशा गर्न नसकिने बताएका हुन् […]