काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य इन्द्रमोहन सिंग्देल‘बसन्त’लाई पितृशोक परेको छ । नेता सिंग्देलका बुवाको चैत २४ गते बिहान ९६ वर्षको उमेरमा निधन भएको छ । तनँहुको जिल्ला किहुँ निवासी वष्णुप्रसाद उपाध्ययको ९६ वर्षको उमेरमा निधन भएको हो । इन्द्रमोहन सिंग्देल‘बसन्त’ उपाध्यायका जेठा छोरा हुनुहुन्छ । उहाँका तीन छोरा बुहारी, ५ नाती बुहारी, २ नाती र २ नातिनी रहेका छन् ।
यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले आइतबार एक वक्तव्य जारी गरी दिवंगत उपाध्यायप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उपाध्याय पार्टीको समर्थक, शुभचिन्तक रहेको उल्लेख गर्दै वक्तव्यमा उपाध्यायको निधनबाट शोकाकूल जेठा छोरा सिंग्देलसहित सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।