अस्पतालमा ओपीडी सेवा बन्द, सर्वसाधारण उपचारबाट वञ्चित

अस्पतालमा ओपीडी सेवा बन्द, सर्वसाधारण उपचारबाट वञ्चित

काठमाडौं । चिकित्सकहरुले आज अस्पतालहरुमा ओपीडी सेवा बन्द गर्दा सर्वसाधारण उपचारबाट बन्चित भएका छन् । स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी टिकट नपाएर अलपत्र परेका छन् ।

नारायणी अस्पतालमा वीरगञ्जमा डा प्रमोद राममाथि कुटपिट भएको घटनाको विरोधमा आज चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् । उनीहरुले देशभर आकस्मिक बाहेकको सेवा बन्द गरेका छन् ।
त्यसैले बीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल जस्ता ठूला सरकारी अस्पतालहरुमा आज ओपीडीमा बिरामी जाँच भएको छैन ।
ओपीडी टिकट लिने ठाउँमा सेवा बन्दको सूचना टाँसिएको छ । स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा सेवा बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई अपिल गरे पनि त्यसको पालना भएको छैन ।

मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरुद्ध नपार्न अपिल गरेका छन् । दोषीलाई कानुनी
यरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन् । तर ओपीडी सेवा खुलेको छैन ।