चैत्र २४ ले बलपूर्वक संघर्षलाई प्रेरणा दिन्छ : गुरुङ

चैत्र २४ ले बलपूर्वक संघर्षलाई प्रेरणा दिन्छ : गुरुङ

बुटवल, २४ चैत्र । नेकपा (क्रान्तिकारी माओवादी) रुपन्देही र राष्ट्रिय जनमोर्चा रुपन्देहीको संयुक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य एवं देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका ५ नं. प्रदेश संयोजक के. बि. गुरुङले चैत्र २४ गतेलाई राजतन्त्र विरुद्धको संघर्षमा चरम उत्कर्ष पुगेको दिन मात्र नभएर नयाँ जनवादी व्यवस्थाको लागि पनि थियो र त्यसले प्रतिक्रियावादी राज्यसत्ताका विरुद्धको संघर्षमा बलपूर्वकको सिद्धान्त अनिवार्य हुनुपर्ने प्रेरणा दिएको बताउनु भयो ।

वहाँले जिन्दावाद र मुर्दावाद मात्र भनेर वर्तमान राज्यसत्ता नहट्ने र त्यसका लागि बलप्रयोग गर्नुपर्छ, त्यो भनेको सशस्त्र युद्ध नै हो । गुरुङले अगाडि भन्नु भयोे, “भारतीय विस्तारवादको विरोध गर्नुपूर्व देशभित्रका भारतीय दलालहरुको घिच्रो ्समात्नु पर्छ ।” । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गुरुङले विगतमा सानातिना अन्तरविरोधहरुको व्यवस्थापन गर्न नसकी टुटफुट हुन पुगेको नेपालको कम्युनिष्ट आन्दोलन अब उद्देय एउटै हुँदा हुँदै पनि अलग अलग भएर बस्न नहुने र विगतका कमजोरीहरुलाई आत्मासात गर्दै एकताका लागि छलफल र वहस गर्न तयार रहनुपर्ने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्व सांसद एवं महासचिव सन्त बहादुर नेपाली, नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य एवं ५ नं. प्रदेश संयोजक प्रेम सुवेदी, वामपन्थी नेता कृष्ण पौडेल, राजमो रुपन्देही सचिव दिपक पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता राजमो रुपन्देही अध्यक्ष कृष्ण वम मल्ल, स्वगत पदम श्रेष्ठ र सञ्चालन क्रान्तिकारी माओवादी रुपन्देही सचिव केजी कुमार पौडेलले गर्नु भएको थियो ।