काठमाडौं १ नं इलाकाको प्रथम सम्मेलन सम्पन्न

काठमाडौं १ नं इलाकाको प्रथम सम्मेलन सम्पन्न

काठमाडौं । काठमाडौं जिल्ला अन्तर्गत १ नं इलाकाको प्रथम सम्मेलन अाज सम्पन्न भएको छ । काठमाडाैंकाे बुद्धनगरमा सम्पन्न सम्मेलनले श्रेष्ठतालाई सेक्रेटरीमा चयन गरेको छ । उहाँको नेतृत्वमा २३ जनाको इलाका कमिटी गठन गरिएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य भाष्करको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनमा ३ नं प्रदेश कमिटी सदस्य रिना, १ नं इलाकाका पूर्व सेक्रेटरी रोशी र २ नं इलाका पूर्व सेक्रेटरी किरणको उपस्थिति रहेको थियो । सम्मेलनको अध्यक्षता रिनाले गर्नु भएको थियो भने सञ्चालन श्रेष्ठताले गर्नु भएको थियो ।