पोखरा । कास्कीको पोखरामा २९ औं जनआन्दोलन दिवसको अवसरमा आयोजित एक भव्य सभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का नेताहरुले नयाँ जनवादी क्रान्तिका लागि बन्दुक उठाउनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
पोखराको अमर सिंह चोकबाट निस्किएको गगन भेदी नारासहितको ¥याली बुद्ध चोक, लखन चोक, सभा गृह चोक, सृजना चोकको परिक्रमा गरी कान्तिपुर पाटी प्यालेसमा पुगी सभामा परिणत भएको सभालाई सम्बोधन गर्दै पार्टी स्थायी समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि परि थापाले अहिलेको संविधान प्रतिगामी रहेको र कथित वाम गठनबन्धन पनि भारतीय विस्तारवादको दलाल तत्वमा पतन भएको स्थितिमा देश र जनताको रक्षाका लागि नयाँ जनवादी क्रान्ति अपरिहार्य भएको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्ने अन्य वक्ताहरुले पनि नयाँ जनवादी क्रान्तिका लागि बलपूर्वक संघर्षको आवश्यकतामाथि जोड दिनु भएको थियो ।
क्रान्तिकारी माओवादीको कास्की जिल्लाले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता कास्की जिल्ला पार्टी इन्चार्ज रामजि थापाले गर्नुभएको थियो भने संचालन जिल्ला सहसेक्रेटरी परशुराम कोइरालाले गर्नुभएको थियो ।
पार्टी जिल्ला सदस्य भोजराज त्रिपाठीले संचालन गरेको कार्यक्रममा पार्टी पिविएम सिताराम तामाङ, पिविएम तथा ४ नंं. प्रदेश सचिव श्रीनाथ अधिकारी, पिविएक नगेन्द्र राई, केश बहादुर परियार, केसहरु अशोक लम्साल, निल बहादुर पुन, नारायण अधिकारी, कृष्ण गुरुङ, देजमो केस भिम श्रीस, अनेमसंघ (क्रान्तिकारी)की नेतृ कुमारी थापा, कल्पना थापा, पार्टी बाग्लुङ पुर्ण गुरुङ, तनहुँ सेक्रेटरी बाबुराम सुवेदीलगायत नतोहरुको उपस्थिति रहेको थियो । मौसमको प्रतिकूलताका बाबजुद कार्यक्रममा पार्टी नेता कार्यकर्ता र जनताको उल्लेख्य सहभागिता रहेको थियो ।