शान्तिपूर्ण कार्यक्रममाथि गरिएको प्रहरी दमनको क्रान्तिकारी माओवादीले ग¥यो विरोध

शान्तिपूर्ण कार्यक्रममाथि गरिएको प्रहरी दमनको क्रान्तिकारी माओवादीले ग¥यो विरोध

कञ्चनपुर । नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुरले चैत्र २४ को ऐतिहासिक दिनको अवसर पारेर जिल्ला पार्टीको आयोजनामा वैचारिक÷राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । भिमदत्त नगरपालिकाको सभाहलमा सम्पन्न गरेको उक्त कार्यक्रममा पार्टी स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल‘प्रतीक’ले वैचारिक÷राजनीतिक प्रशिक्षण दिनुका साथै विभिन्न पार्टी परित्याग गरी आएका शिद्ध राज भट्ट, हरिश जप्ररेल, नवराज भट्ट, सरिता योगी, सुरेस भट्ट, रोशनी महरा लगायतलाई अवीर माला लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेता प्रतीकले पार्टी निकट विध्यार्थी संगठनको सीमा निरीक्षण तथा राष्ट्रियता जागरण अभियान टोलीलाई भव्य अभिनन्दन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रतीकले नेकपाले शान्तिपूर्ण रुपमा गरेको कार्यक्रममाथि भएको प्रहरी दमनको विरोध पनि गर्नुभएको छ ।

प्रशिक्षण कार्यक्रमलाई क्रान्तिकारी माओवादीका पिविएम तथा ७ नं. प्रदेश संयोजक चन्द्रहरि सुवेदी अटलले पनि सम्बोधन गर्नुभएको थियो । पार्टीका कञ्चनपुर सचिव हरि सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कञ्चनपुर पार्टी इन्चार्ज प्रभात, डोटी पार्टी सेक्रेटरी लाल किरण लगायतका नेताहरुको उपस्थिति रहेको थियो । जिल्ला सह–सेक्रेटरी बिष्णु राम दमाईले सञ्चालन गरेको कार्यक्रममा जिल्लाका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यसैबीच, अखिल (क्रान्तिकारी) प्रदेश नम्बर ७ ले कैलालीबाट सुरु गरेको राष्ट्रियतासम्बन्धी जागरण अभियानले शनिबार महेन्द्रनगरको मिलनचोकमा कोणसभा सम्पन्न गरेको छ ।

त्यसैगरी अभियानले शुक्रबार कञ्चनपुर जिल्लाको पुनर्वास आनन्द बजारमा र वेलौरी नगरपालिकामा पनि कार्यक्रम गरेको थियो । अभियानमा सहभागी क्रान्तिकारीका कञ्चनपुर जिल्ला अध्यक्ष तारा पन्तले दिएको जानकारी अनुसार सहिद गोबिन्द गौतमका बुवा खेमलाल गौतमलाई अभियान टोलीले सम्मान गरेको छ । शुक्रबार पुनर्वास नगरपालिका सुरज बहादुर मल्ललाई क्रान्तिकारी माओवादीका प्रदेश नम्बर ७ का इन्चार्ज अटलले टिका लगाएर पार्टी प्रवेश गराउनु भएको थियो । जागर अभियानमा स्थानीय जनताहरुको समेत व्यापक सहभागिता रहेको र स्थानीयहरुसित छलफल र अन्तरक्रिया गरिएको छ ।