कैलाली, चैत २५ । मकै र कोदोको बोरामा लुकाएको अवस्थामा ११ किलो लागूऔषध चरेशसहित शनिबार साँझ प्रहरीले बझाङको मष्टा गाउँपालिका–१का ५० वर्षीय दलबहादुर रोकायालाई पक्राउ गरेको छ ।
शनिबार साँझ बझाङ्गबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ३१२७ नम्बरको बसको पछाडि रहेको डिक्कीमा मकै र कोदोको बोराभित्र राखेको अवस्थामा अस्थायी प्रहरी पोष्ट झोताले चेकजाँच गर्ने क्रममा रोकायालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले थप अनुसन्धानका लागि भन्दै बस र बसका कर्मचारीहरुलाई समेत नियन्त्रणमा लिएको बझाङ प्रहरीले जानकारी दिएको छ ।