डीपीएलः वर्षाले पहिलो खेल रद्द, महेन्द्रनगर प्लेअफमा

डीपीएलः वर्षाले पहिलो खेल रद्द, महेन्द्रनगर प्लेअफमा

धनगढी, चैत २५ । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा शनिबार रातिदेखि परेको वर्षाको कारण मैदान ओसिलो हुँदा आइतबार विहान हुने भनिएको खेल स्थगित भएपछि काठमाडौं गोल्डेन्ससँग एक एक अंक बाँड्दै महेन्द्रनगर युनाइटेड प्लेअफमा पुगेको छ ।

यसअघि शनिबार वर्षाले प्रभावित खेलमा रुपन्देहीलाई पराजित गर्दै काठमाडौं गोल्डेन्स पनि प्लेअफमा पुगिसकेको छ । महेन्द्रनगर चार खेलमा पाँच अंकका साथ प्लेअफमा पुगेको हो ।

काठमाडौं गोल्डेन्स प्रतियोगितामा अपराजित एक्लो टिम हो । लगातार चार खेलमा जित निकाल्दै गोल्डेन्स् एक खेल अगाडि नै प्लेअफमा पुगेको हो । महेन्द्रनगरले भने शनिबार पनि बर्षाका कारण खेल हुन नसकेपछि सीवाइसी अत्तरियासँग अंक बाँडेको थियो ।

आइतबार हुने दोस्रो खेलमा विराटनगर किंग्स र सिवाइसी अत्तरिया भिड्दै छन् । यो खेलमा विजयी हुने टिम प्लेअफमा पुग्नेछ । यो खेलसँगै धनगढी प्रिमियर लिगको लिग चरणका प्रतियोगिताहरु सकिने छन् ।