ललितपुर । नेकपा (क्रान्तिकारी माओवादी) ललितपुरमा पार्टीको जारी संगठन विस्तार, सुदृढीकरण तथा जनपरिचालन अभियान जारी भइरहेको छ । माघ, फाल्गुन र चैत्रमा जिल्लाका विभिन्न स्थानमा संगठनहरु निर्माण भएका छन् । पार्टी जिल्ला पार्टी सेक्रेटरी श्याम केसीको कमाण्डमा अभियान टोली गठन गरी परिचालन गरिएको अभियान टोलीले पार्टी, देजमो, जबस, मोर्चाका विभिन्न संठनहरु निर्माण गरेको छ ।
पछिल्लो पटक चैत ३ गते महालक्ष्मी नगरपालिकामा जिल्ला पार्टी इन्चार्ज जीवनको प्रमुख आतिथ्यतामा नगर पार्टी इन्चार्ज अर्जुनलाल श्रेष्ठको सञ्चालनमा निर्माण मजदूरहरुको भेलाले अखिल नेपाल क्रान्तिकारी निर्माण मजदूर संघ नगर कमिटि गठन गरेको छ । अध्यक्ष ंमोहन मगर, उपाध्यक्ष दल बहादुर पाख्रिन, सचिव चन्द्र थपलिया र सदस्यहरु कल्याण मगर, प्रकाश बस्नेत, कुमार सुब्बा, भिम बहादुर गुरुङ, मान बहादुर लामा र सीताराम भुजेल रहनु भएको छ । उक्त भेलामा देजमोका केन्द्रीय सदस्य ईन्दिरा अधिकारी, बुद्धिजीवी संगठनका ललितपुर जिल्ला अध्यक्ष कुमार भट्टराईको उपस्थिति रहेको थियो ।
त्यसैगरी चैत १० गते जिल्ला पार्टी इन्चार्ज जीवन, सेक्रेटरी श्याम केसी र जिल्ला सचिवालय सदस्य अर्जुनलाल श्रेष्ठको उपस्थितिमा ललितपुर महानगर देजमोको भेलाले इन्दिरा अधिकारीको संयोजकत्वमा ९ सदस्यीय भेला आयोजक कमिटि निर्माण गरिएको छ । सदस्यहरु प्रमिला अमात्य, सुरज आले, सुजन क्याप्छाकी मगर, आशिष लिम्बू, लक्ष्मी सापकोटा, कल्पना राई, रिन्दू महर्जन र सुवास अछामी रहनु भएको छ ।
त्यस्तै चैत १० गते नै ललितपुरको लगनखेलमा यातायात मजदुरहरुको भेलाले अखिल नेपाल क्रान्तिकारी यातायात मजदूर संघ जिल्ला समिति ललितपुर गठन गरेको छ । अध्यक्ष सुरेन्द्र पाण्डे, उपाध्यक्ष सुजन मगर, सचिव प्रेम श्रेष्ठ, कोषाध्यक्ष प्रकाश थापा र सदस्यमा धन कुमार राई र बाँकी सदस्य पछि थप्ने गरी ९ सदस्यीय कमिटि निर्माण गरिएको छ । उक्त मजदूर भेलामा प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा अ.ने.क्रा.टे«.यू. केन्द्रीय संयोजक ईश्वर तिमिल्सना, जिल्ला इन्चार्ज जीवन, सेक्रेटरी श्याम केसी, देजमोका के. सदस्य इन्दिरा अधिकारी र अ.ने.क्रा.ट्रे.यू. ३ नं. प्रदेश संयोजक अर्जुनलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।
देजमोको महालक्ष्मी नगरपालिकाको भेला सम्पन्न
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको महालक्ष्मी नगर कमिटीको भेला सम्मन्न भएको छ । ललितपुरको कुपण्डोलमा सम्पन्न भेलाले गंगा महर्जनको अध्यक्षतामा १५ सदस्यीय नगर समिति गठन गरेको छ । भेलाले उपाध्यक्षमा भिमसेन के.सी., सचिव अरुण श्रेष्ठ, कोषाध्यक्ष राजकुमार श्रेष्ठ सहित सदस्यहरुमा रामशरण सापकोटा, प्रेम श्रेष्ठ, गोपाल महर्जन, दिपक राज, कुमार तामाङ्ग, रामचन्द्र विष्ट, मैते तामाङ्ग, बले श्रेष्ठ, राजेश श्रेष्ठ चयन गरेर २ जना पछि थप्ने गरी समिति निर्माण गरेको छ ।
भेलामा प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला इञ्चार्ज भरत बुर्जा, अतिथिहरु सेक्रेटरी श्याम केसी, मोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक इन्दिरा अधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अर्जुनलाल श्रेष्ठले गर्नुभएको थियो ।