चितवनको माडी नगरमा देजमो भेला सम्पन्न

चितवनको माडी नगरमा देजमो भेला सम्पन्न

चितवन । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले माडी नगर भेला सम्पन्न गरेको छ । मोर्चाका केस तथा जिल्ला संयोजक अशोक शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न नगरभेलाले चन्द्र प्रसाद सुवेदी अध्यक्ष्यतामा दुई सदस्य पछि थप्ने गरि १७ सदस्यीय नगर समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा प्रेम आचार्य, सचिवमा तोरण परियार , सह–सचिव टंक वस्ताकोटी र कोषाध्यक्ष्यमा तारा विक रहनुभएको छ भने अन्य सदस्यहरुमा क्रमशः सुर्य पौडेल, फिरल महतो, सावित्री पौडेल, सरिता वि क, तिलक अधिकारी, भविश्वर महतो, सरोज लामिछाने, रेणु घताने, टंक सुवेदी, र गंगा घिमिरे रहनु भएको छ । भेलामा ईलाका सेक्रेटरी देवीलाल पौडेललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।