चितवनमा अखिल (क्रान्तिकारी)को संगठन निर्माण तीव्र

चितवनमा अखिल (क्रान्तिकारी)को संगठन निर्माण तीव्र

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले जिल्लाका विभिन्न कलेजहरुमा दर्जनौं संगठन निर्माण गरेको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य अमृत चपाईले दिएको जानकारी अनुसार सहिद पृथ्वी बहुमुखी क्याम्पस, स्कूल अफ हेल्थ साइन्स, नेश्नल कलेज अफ टेक्निकल साइन्स कलेज, सिआइटिएस कलेजलगायतका कलेजमा संगठन निर्माण गरेको छ ।

प्राप्त समाचार अनुसार चितवनको माडीमा रहेको भुवानी शंकर बहुमुखी कलेमा अखिल (क्रान्तिकारी)ले ज्ञापन पत्र पेश गरेको छ । आइतबार पेश गरिएको ज्ञापन पत्रमा क्रान्तिकारीले छात्रवृतिको नतिजा तत्काल सार्वजनिक गर्नुपर्ने, पूर्णकालीन सेवा दिन नसक्ने कर्मचारीलाई तत्काल आमसिक सेवा लैजानुपर्ने, छात्रवृत्तिको नाममा भइरहेको सार्वजनिक सम्पत्तिको दुरुपयोग अन्त्य गर्दै उठ्नु पर्ने बेरुजु रकम तुरुन्त सार्वजनिक गर्नुपर्नेलगायतका मागहरु अगाडि सारेको छ ।

यसैबीच, आइतबार भुवानी शंकर बहुमुखी कलेजमा अखिल (क्रान्तिकारी)ले इकाई कमिटि पुनर्गठन गरेको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य अमृत चपाईको प्रमुख आतिथ्यतामा समीर बस्नेतको अध्यक्षतामा संगठन पुनर्गठन गरिएको हो । जि.स. अर्जुन विष्टको विशेष उपस्थितिमा सम्पन्न उक्त भेलाले पुनर्गठित इकाई समितिको उपाध्यक्षमा रबिन श्रेष्ठ, सचिवमा विवेक गुरुङ, सहसचिव सुमन सुनार, कोषाध्यक्ष करण चौधरी र सदस्यहरुमा सागर दराई, प्रदिप कुँवर, अविशेक बुर्लाकोटी, कुमार गुरुङ, सिमन श्रेष्ठ, रामबाबु ढुवाडी, जीत बहादुर गुरुङ, विश्वास लामिछाने, सोम गुरुङ, निर्मल चेपाङ, प्रकास दराई, सन्तोष हुमागाई, रामनाथ चौधरी, बादल चौधरी, गगन चौधरी र हिमाल श्रेष्ठ लगायतलाई चयन गरेको छ ।