त्रिविलाई अखिल (क्रान्तिकारी)को १६ बुँदे ज्ञापनपत्र

त्रिविलाई अखिल (क्रान्तिकारी)को १६ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा व्यवहारिक, वैज्ञानिक र गुणस्तरीय शिक्षाको माग गर्दै मंगलबार १६ बुँदे ज्ञापनपत्र बुझाएको छ । त्रिविका उपकुलपति तिर्थ खनियालाई बुझाएको ज्ञापनपत्रमा शैक्षिक कार्यतालिका अनुसार कक्षा सञ्चालन र नतिजा प्रकाशित गरिनुपर्ने, प्रत्येक विभागमा सर्वाेत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, हरेक विभागको पुस्तकालयमा पाठ्यक्रमसँग सम्बन्धित पर्याप्त पुस्तक, कम्युटर र इन्टरनेट तथा कक्षामा प्रोजेक्टरको माध्यमबाट पठनपाठन सञ्चालन गरिने व्यवस्था गरिनुपर्ने लगायतका १६ बुँदे माग अगाडि सारिएको छ । ज्ञापनपत्र बुझ्दै उपकुलपति खनियाले विद्यार्थीका माग पुरा गर्न आफूहरु तयार रहेको बताउनुभएको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य संघर्ष दाहालले जानकारी दिए । अखिल (क्रान्तिकारी) का केसहरु महेश श्रेष्ठ, संघर्ष दाहाल, हेमराज शर्मालगायतका विध्यार्थी नेताहरुले खनियाँसमक्ष मागपत्र बुझाएका थिए ।

यस्ता छन् ज्ञापनपत्रका मुख्य बुँदा : 

१. शैक्षिक कार्यतालिका अनुसार कक्षा सञ्चालन र नतिजा प्रकाशित गरियोस् । प्रत्येक विभागमा सर्वाेत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरियोस् ।
२. हरेक विभागको पुस्तकालयमा पाठ्यक्रमसँग सम्बन्धित पर्याप्त पुस्तक, कम्युटर र इन्टरनेट तथा कक्षामा प्रोजेक्टरको माध्यमबाट पठनपाठन सञ्चालन गरिने व्यवस्था गरियोस् ।
३. हरेक सेमेस्टरका विद्यार्थीलाई स्थलगत कार्य (ँष्भमि ध्यचप) र अनुसन्धान (च्भकभबचअज) गराउने व्यवस्था अनिवार्य लागू गरियोस् ।
४. सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेको प्राध्यापकलाई मात्र सो विषयको अध्यापन गराउने व्यवस्था कडाइकासाथ लागू गरियोस् ।
५. विज्ञान संकायका सबै विभागमा आवश्यक प्रयोगात्मक सामग्री उपलब्ध गराइयोस् ।
६. प्राध्यापक तथा कर्मचारी कार्यालय समयमै कार्यालयमा उपस्थित भइ आफ्नो जिम्मेवारी पूरा गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गरियोस् ।
७. हरेक विभागको पुस्तकालय हप्ताको ६ दिन खोल्ने व्यवस्था गरियोस् ।
८. त्रि.वि. केन्द्रीय पुस्तकालय हरेक दिन कम्तिमा १२ घण्टा खुल्ला रहने व्यवस्था गरियोस् । र त्रि.वि. केन्द्रिय पुस्तकालयको आवश्यक भौतिक संरचना नेपाल सरकारकै लागतमा तत्काल निर्माण थालनी गरियोस् ।
९. छात्रा÷छात्रवासमा बस्न बनाइएको मापदण्ड कडाइका साथ लागू गरियोस् र नतीजा प्रकाशनमा समावेशीको सिद्धान्तलाई आत्मसात् गरियोस् । विद्यार्थी संगठनहरुलाई दिइएको अघोषित भागवण्डा तत्काल खारेज गरियोस् ।
१०.छात्रा÷छात्रवासमा इन्टरनेटको व्यवस्था, फोहोर व्यवस्थापन, विजुली बत्तिको व्यवस्था, झ्याल ढोकाको मर्मत सम्भार तथा निर्माण, सफा पिउने पानीको व्यवस्था गरियोस् ।
११. विद्यार्थीको लागि खेलकुद सामग्रीहरु उपलब्ध गराउँदै खेलकुद प्रतियोगीता सञ्चालन गरियोस् ।
१२. हरेक विभाग अन्तर्गत कम्तीमा एक फोहोर राख्ने बास्केटको व्यवस्था गरियोस् । शौचालय, कक्षा कोठाका झ्याल–ढोकाको मर्मत तथा निर्माण गर्नुका साथै उच्छृंखल तथा अनैतिक काम क्रियाकलाप नियन्त्रण गरियोस् ।
१३. त्रि.वि. परिसरलाई काँडेतार वा पर्खाल लगाएर घेरियोस् । त्रि.वि. परिसरभित्र सार्वजनिक तथा अनावश्यक निजी सवारी साधन प्रवेशमा रोक लगाइयोस् ।
१४. हेल्थ सेन्टरलाई व्यवस्थित गरियोस् ।
१५. डिर्पाटमेन्ट अघिको खाली जग्गामा बगैंचा निर्माण गरियोस् ।
१६. विभिन्न विभागले लिँदै आएको अतिरिक्त शुल्क खारेज गरियोस् ।