काभ्रे, चैत २१ । मंगलबार राति इलाका प्रहरी कार्यालय बनेपाले ३५ राउन्ड गोली र दुईनाले बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहको भने, ‘बंदेल मार्न केही मानिस हातहतियारसहित भित्रिएको खबर पाएकापछि अप्रेसनका क्रममा ४ जना अभियुक्त पक्राउ गरेका छौं ।’ बनेपा–३ नालाबाट पक्राउ परेको उनीहरुको साथबाट बंदेल मार्नका लागि ल्याएको दुईनाले बन्दुक र ३५ राउन्ड गोली पनि छ उनीहरुको थप अनुसन्धान भैरहेको प्रहरीले जानाकरी दिएको छ ।
पक्राउ पर्नेमा बनेपा–३ नालाका सानुकान्छा गुरुङ, चन्द्रबहादुर गुरुङ, गणेश गुरुङ र प्रकाश दाहाल छन् । मुख्य सिकारी धुलिखेल नयाँगाउँका वीरबहादुर तामाङ र उनका सहयोगी नुवाकोटका कुवेर लामा भने फरार भएको इलाका प्रहरीले जनाएको छ । हातहतियार कसरी भित्रियो भन्ने थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।