काठमाडौं, चैत २१ । प्रहरीले काठमाडौं–दिल्ली चल्ने पर्यटक बसमा लुकाएर ल्याएको रक्तचन्दनबाट निर्मित भाडा फेला पारेको छ । ना ४ ख ४५१६ नम्बरको पर्यटक बसलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिदै रक्तचन्दन बरामद भएको हो ।

प्रहरीले मंगलबार सोही बसमा फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ लाख मूल्य बराबरका लत्ताकपडा बरामद गरेको थियो । गाडीको छत, डिक्की र तलको भागमा समेत तस्करी प्रयोजनकै लागि फल्स बटम बनाएको खोजतलासमा भेटिएको थियो ।

वृत्तका डिएसपी प्रदिपकुमार क्षेत्रीले मंगलबार नै गाडीमा रक्त चन्दन समेत आएको सूचना पाएपनि २४ घण्टाभन्दा बढि समय खोजतलासमा बुधबारमात्र रक्तचन्दन फेला परेको हो । ‘गाडीको तलको भागमा फल्स बटम बनाएर लुकाएको अवस्थामा फेला परेको हो, गाडी नै तस्करी प्रयोजनका लागि बनेको खुलेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहन थापाले भने ।

परिसरले बसका चालक काभ्रेका झिल्केमान रुम्बा र सहचालक सुजन पुनलाई नियन्त्रणमा लिएर कारवाही थालेको छ । बस मालिकको खोजी भै रहेको परिसरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर