सिरियामा विद्रोहीले खसाए रसियाली युद्धक विमान

एजेन्सी । उत्तरी सिरियामा विद्रोहीले रसियाली युद्धक विमानलाई गोली हानी खसाउँदा ५ जनाको मृत्यु भएको छ । रसियाली सेनाको एमआई–८ विमान सिरियाको उत्तरी प्रान्त इदलिपमा विद्रोहीले खसाएका हुन् । यसमा चालक दलका तीन सदस्य र अन्य दुई सैनिक अधिकारी सवार रहेको र उनीहरु सबैको मृत्यु भएको रसियाली रक्षा मन्त्रालयले जनाएको छ । सो सैनिक हेलिकप्टर […]

ट्रम्पका गतिविधिले राष्ट्रिय सुरक्षामा खतरा : हिलारी

एजेन्सी– अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनले रिपब्लिकन पार्टीकी उम्मेदवार डोनाल्ड ट्रम्पका अभिव्यक्तिको कडा आलोचना गरेकी छन् । उनले ट्रम्पको रुसप्रतिको निष्ठाले राष्ट्रिय सुरक्षासम्बन्धि चिन्ता थपिएको जनाएकी छन् । ट्रम्पले भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै पनि सम्बन्ध भएको आरोपलाई अस्वीकार गरेका छन् । हिलारीले ट्रम्पले पुटिनलाई समर्थन गरिरहेको भन्दै आक्रमणको अवस्थामा समेत नेटो बचाउन […]

आखिर कास्मिरबाट के चाहन्छ भारत ?

काठमाडौं । भारत प्रशासित कास्मिरमा चरमपन्थी संगठन हिज्बुल मुजाहिद्दिनका कमान्डर बुरहान बानीको हत्यापछि कास्मिर घाटीमा भइको प्रदर्शनका क्रममा हालसम्म ५० भन्दा बढी कास्मिरी निहत्था जनताको ज्यान गइसकेको छ भने यो प्रदर्शनका क्रममा हालसम्म ३४ सय भन्दा बढी मानिसहरु घाइते भएका छन् । यिनीहरुमध्ये सबैभन्दा दर्दनाक अवस्था तिनीहरुको भएको छ, जसको आँखा र अनुहारमा गोली, बारुदका […]

अमेरिकामा एयर बेलुनमा आगलागी हुँदा १६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा तातो हावा भरिएको एक एयर बेलुनमा आगो लाग्दा त्यसमा सवार सबै १६ जनाको जलेर मृत्यु भएको छ । दुर्घटना स्थानीय समयअनुसार बिहान करिब ७ बजेर ४० मिनेटमा भएको थियो । एयर बेलुनमा के कारणले आगो लाग्यो भन्ने कुरा अहिलेसम्म जानकारीमा आएका छैन । आगलागीबाट बेलुन टेक्सास राज्यका राजधानी अस्टिनभन्दा ५० […]

ट्रम्प योजना र तथ्यको जानकारी नभएका व्यापारी : ओबामा

एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो बिरासत धान्न हिलारी क्लिन्टनलाई मतदान गर्न मतदाताहरूलाई आग्रह गरेका छन् । फिलाडेल्फियामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले हिलारी राष्ट्रपतिका लागि सबैभन्दा योग्य उम्मेदवार भएको बताए । सम्बोधनका क्रममा उनले कुनै पनि महिला र पुरुष अमेरिकाको राष्ट्रपति पदका लागि हिलारीभन्दा योग्य नरहेको पनि दाबी गरे । आफ्नो […]

सतहमा दक्षिण चीन सागरको विवाद

लामो समयदेखि विवादित रहँदै आएको दक्षिण चीन सागरका विषयमा फेरि विवाद सुरु भएको छ । फिलिपिन्सले दायर गरेको मुद्दाको एक अन्तर्राष्ट्रिष्य अदालतले फैसला गर्दै चीनको ऐतिहासिक दाबीलाई खारेज गरेपछि चीन आक्रोशित बनेको छ । चीनले दक्षिण चीन सागरमाथि आफ्नो दावी कायमै राखेको छ र उनले अदालतको फैसलालाई ‘रड्डीको टोकरी’ मा फ्याँक्न लायक भनेको छ । […]

लुजियाना गोलिकाण्डको पाठ के ?

अमेरिकाको लुजियानामा भएकोे तीनजना प्रहरीमाथिको गोली प्रहार र तिनको मृत्युले अमेरिकीहरुमाझ धेरै बहस ल्याएको छ । यो बहसले राष्ट्रपतीय निर्वाचनलाई समेत असर पार्ने संभावना बढेर गएको छ । राष्ट्रपति निर्वाचनका उम्मेदवारहरु हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प यस घटनाको बारेमा परस्पर विरोधी मतहरु सार्वजनिक गरिरहेका छन् । यो घटना ब्याटन रगमा एकजना अश्वेत नागरिकलाई श्वेत प्रहरीहरुले […]

टर्कीमा अमेरिकाविरोधी जनमतले निस्तेज पार्यो सैन्य ‘कु’

 टर्कीमा गत शुक्रवार अमेरिकाको अति गोप्य योजनामा सैनिक विद्रोह गर्न लगाइयो  । तर त्यो विद्रोह एक रातमा नै असफल भयो । यो विद्रोहमा १६१ जना मारिए भने हजारौं घाइते भए । त्यहांका राष्ट्रपति रिसेप तैयप एर्दोगान बिदामा रहेका बेला यो ‘कु’को योजना कार्यान्वयन गर्न लगाइएको थियो । गोधुलीको समय पारेर अमेरिका समर्थित केही सैन्य जनरलहरु […]

टर्कीमा सैनिक ‘कु’ गराएको आरोप लगाइएका फतहुल्लाह गुलेन को हुन् ?

एजेन्सी । टर्कीका प्रधानमन्त्री बिनाली यिलदिरिमले सत्ता पल्टाउने सैनिक ‘कु’ को प्रयास लोकतन्त्रमाथिको कालो धब्बा भएको बताएका छन् ।  शनिबार भएको सैनिक ‘कु’ को प्रयासमा २ सय ६५ जना मारिएका छन् भने सेनाका केही वरिष्ठ अधिकारीसहित ३ हजारभन्दा बढीलाई पक्राउ गरिएको छ । राजधानी अंकारा, सबैभन्दा ठूलो सहर इस्तानबुललगायतका स्थानमा भएको दोहोरो भिडन्तका क्रममा १४ […]

सेप्टेम्बर ११ काे आक्रमणबारे गुप्तचर रिपोर्ट सार्वजनिक

एजेन्सी/वासिंगटन । अमेरिकी काँग्रेसले ११ सेप्टेम्बर सन् २००१ मा अमेरिकामा भएको आतंकवादी आक्रमण सम्बन्धि २८ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा आक्रमणकारी र साउदी अबरबीचको सम्बन्धको समेत ब्याख्या गरिएको छ । दस्तावेजमा आक्रमणकारी र साउदी सरकारबीच कुनै औपचारिक सम्बन्ध नभएको देखिएको छ । तर साउदीकै कुनै व्यक्तिबाट आर्थिक सहयोग भने प्राप्त भएको हुनसक्ने औल्याइएको […]