प्रेमिकाको कुकुरको टाउँको टोक्दा ७ वर्ष जेल

प्रेमिकाको कुकुरको टाउँको टोक्दा ७ वर्ष जेल

एजेन्सी । अमेरिकी राज्य प्युर्टेरिकोमा एक व्यक्तिलाई आफ्नी गर्लफ्रेन्डको कुकुरको टाउको टोकेको आरोपमा ७ वर्षको जेल सजाय तोकिएको छ ।

लुईस अर्रोयोलाई जनवारसँग खराब व्यवहार गरेको तथा घरेलु हिंसाको घटनामा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको हो ।

लेर्श सहरमा रहेका ४० वर्षीय अर्रोयोले ४ फेब्रुअरीमा २ महिनाको बच्चा कुकुरमाथि हमला गरेका थिए भने आफ्नी गर्लफ्रेन्डको पनि हत्या गरेका थिए ।

न्यायधीस कार्लोस लोपेज जिमिनेजले अर्रोयोमाथि ३ हजार डलर जरिवाना समेत हुने फैसला गरेका छन् । अब बोसरो अखबारका अनुसार अर्रोयो बेरोजगार थिए र उनी ६ महिनादेखि आफ्नी ३८ वर्षीय प्रेमिकासँग बस्दै आएका थिए ।

उनको आक्रमणबाट कुकुरको घटनास्थलमा नै मृत्यु भएको थियो । हमलापछि के कारण थियो भन्ने पत्ता लागेको छैन ।