एजेन्सी । अन्तर्राष्ट्रिय न्यूज एजेन्सीहरुले जनाए अनुसार लण्डनमा ब्रिटानी संसदको बाहिर भएको आतंकवादी आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुलिस अफिसर समेत रहेका छन् ।
स्कटल्याण्ड पुलिसका अनुसार संदिग्ध आमक्रणकारी पनि मारिएको छ । घटनामा परि कम्तिमा ४० जना घाइते भएका छन् । घाइतेहरुको उपचारमा एअर एम्बुलेन्सको प्रयोग गरिएको छ ।
पुलिसका अनुसार सेन्ट्रल लण्डनमा एक कारले वेस्ट मिनिस्टर ब्रिजमाथि हिडिरहेका मान्छेलाई ठक्कर दिंदा एक महिलाको मृत्यु भयो भने १२ जना घाइते भए । त्यसको लगत्तै सोही कारले ब्रिटेनको संसद नजिक पुगेर कारबाट उत्री एक आक्रमणकारीले पुलिस अफिसरमाथि चक्कुले आक्रमण गरी मा¥यो । आक्रमणकारीलाई पुलिसले घटनास्थलमै गोली हानी मा¥यो । घटनालाई आतंकवादी आक्रमण भन्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ र आतंकवाद विरोधी अभियान चलाइएको विविसीले जनाएको छ ।