एजेन्सी । पाकिस्तानमा रहेका ६ वटा ठूला वाणिज्य बैंकमा एउटा युनाइटेड बैंक लिमिटेड (यूबीएल) ले देशको इतिहासमा नै पहिलो पटक महिलालाई अध्यक्ष र मुख्य कार्यकारी अधिकृत बनाएको छ ।
सीमा काहिलले जुनदेखि आधिकारिक रुपमा पद सम्हाल्ने छिन् । उनले त्यसबेलासम्म युबिएलको सहायक कार्यकारी अधिकृतका रुपमा काम गर्नेछिन् । सीमा कामिल पाकिस्तानकी एक प्रमुख बैंकर समेत हुन् ।
उनले पछिल्ला तीन दशकदेखि यस क्षेत्रमा जोडिएर कार्य गरिरहेकी छन् । उनले सन् १९८० को दशकमा लण्डनको किंग्सटन विश्वविद्यालयबाट बीबीए र त्यसपछि सिटी विश्वविद्यालयबाट एमबीए गरेकी हुन् ।
उनले पाकिस्तान फर्किएर अमेरिकन एक्सप्रेस बैंकबाट आफ्नो पेशा सुरु गरेकी हुन् । पछि ग्रिन्डलेज बैंकमा काम गरिन् भने त्यसपछि स्टेन्डर्ड चार्टर्ड बैंकमा बिलय भएको थियो ।
सीमाले हबिब बैंक लिमिटेडमा १६ वर्षसम्म शाखा बैंकिङ, कर्पोरेट इन्भेस्टमेन्ट र रिस्क म्यानेजमेन्टजस्ता महत्वपूर्ण पदमा बसेर काम गरिन् ।
उनले भनिन्, ‘मलाई बैंकको अध्यक्ष बन्छु जस्तो लागेको थिएन । पाकिस्तानमा मात्रै नभएर संसारमा नै महिलालाई उच्च पदमा पुग्न कठिन हुन्छ । तर महिलाई महिला भएका कारण बैंकिङ क्षेत्रमा कुनै समस्या आएन ।’































