
एजेन्सी । इन्डोनेशियामा एउटा अजिंगरले निलेको मानिसलाई पेटबाट मृत अवस्थामा निकालिएको छ ।
इन्डोनेशियाको सुलाभेसी द्विपमा आइतवारदेखि वेपक्ता अकबर नामका २५ वर्षीय युवकलाई मृत अवस्थामा निकालिएको हो ।
सो स्थानमा एउटा बिशाल सर्प भेटिएको र त्यसको पेटमा मानिस भएको आशंकामा चिरिएको थियो । ७ मिटर लामो सर्पको पेट काटेर हेर्दा हराईरहेका ती व्यक्तिलाई फेला पारिएको हो ।
यसलाई रेटिकुलेटेड अजिंगरको नामले चिनिन्छ । यो दक्षिणपूर्वी एसियामा पाइने संसारकै ठूलो सरिसृप जनावर हो । यसले बेलाबेलामा मानिस र जनावरलाई समेत निलेका खबरहरु आउने गर्दछन् ।
इन्डोनेशियाको सुलावेसी प्रान्तका प्रहरी प्रवक्ता मशुराले ग्रामिण प्रहरीमा उनी हराएकोबारे उजुरी परेपछि खोजी अभियान सुरु भएको जनाएका छन् । यही खोजी अभियानमा प्रहरीले अकबरको बगैंचामा सो सर्प फेला पारेको थियो ।
मशुलाले भने, ‘अकबर भेटिएनन् तर गाउँमा लडिरहेको एउटा अजिंगर भेटियो । यसपछि मानिसमा अकबरलाई सोही सर्पले निलेको आशंका बढेपछि सर्पलाई काटेर हेर्दा अकबर भेटिए ।’
ब्राभिजया विश्वविद्यालयका निया कर्निअवानले अजिंगरले आकारभन्दा ठूलो शिकारलाई निशाना बनाउने बताएका छन् । यो सर्पले जंगली सुगुरदेखि कुकुरलाई समेत शिकार बनाउँछ ।
यो मानिसको बस्तीमा कम जाने गर्दछ भने जंगली सुगुर कुकुर पाइने स्थानलाई बढी निशाना बनाउने उनको भनाई छ ।