काठमाडौं । बंगलादेशमा जारी इमर्जिङ कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह चरणमा लगातार दुई खेलमा पराजित भएका दुवै टोलीका लागि यो खेल प्रतिष्ठाका लागि हुनेछ ।

एसियाली तथा विश्वस्तरका विभिन्न प्रतियोगितामा नेपाल र हङकङ परिचित प्रतिद्वन्द्वी हुन् ।

एक अर्काको खेल रणनीति राम्रोसँग बुझेका दुबै टोली आजको खेल जित्दै दुई अंकको साथ बंगलादेशबाट घर फर्किने अभियानमा हुनेछन् ।

दुबै टोली पाकिस्तान र बंगलादेशसँग पराजित भएका हुन् । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८३ रनको पराजय झेलेको थियो ।

ईमर्जिङ टिम्स एसिया कप क्रिकेटमा एसियाका टेष्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्ष मुनिको राष्ट्रिय टोली तथा चार एसोसिएट राष्ट्र नेपाल, हङकङ, अफगानिस्तान र मलेसियाका सिनियर टोली सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर